१८ कार्तिक २०७४, शनिबार

गोरखा । गोरखाको उत्तरी दुर्गम भेगमा विश्वखाद्य कार्यक्रम (डब्लु एफ पी)ले कुहिएको दालचामल वितरण गर्न गरेको छ । ‘कामका लागि खाद्यन्न कार्यक्रम’ अन्तर्गत स्थानीयले सो ठाउँमा विभिन्न निर्माणका काम गरेका थिए । सोही काम बापत डब्लुएफपीले वितरण गरेको चामल र दाल कुहिएको भेटिएको हो ।

जिल्लाको सिर्दीबास र उहिमा वितरण गरिएको दाल चामल कुहिएको परेको स्थानीयले बताएका छन् । सिर्दीबासमा गाउँमा वितरण भएको चामल भन्दा दाल धेरै विग्रेको स्थानीयले बताए । ‘चामल भन्दा दाल त खतमै छ, पुरै ढुसी आएको छ’ वडाअध्यक्ष रामकुमार गुरुङ्गले भने ‘दाल त कुहिएर डल्ला डल्ला परेको छ, उत्तिकै किरा परेको छ ।’

त्यस्तै उहियामा पनि डब्लु एफपीले भने जति खाद्यन्न पनि दिएको छैन । ‘दालचामल वितरण गरेको छ’ खोर्लाका जीतबहादुर गुरुङ्गले भने ‘यहाँका सबै घरलाई ७५ किलो चाम दिएको छ । नौ किलो भने दाल दिएको छ ।’

डब्लु एफपीले प्रत्येक घरलाई एकसय ५० केजी चामल र २७ केजी दाल दिने भने पनि नौ केजी दाल र ७५ केजी मात्र चामल वितरण समेत गरेको हो ।डब्लुएफपीले भुकम्प पीडितलाई पुनर्लाभ कार्यक्रम अन्तर्गत उहिया र सिर्दिबासमा कामका लागि खाद्यान्न कार्यक्रम गरेको थियो ।

गोरेटो गोरखासँगको स्थानीय साझेदारीमा बाटो निर्माण गरिएको थियो । स्थानीले ४० दिन काम गरेका थिए । डब्लु एफपीले डेढ महिना अघि वितरण गर्नुपर्ने खाद्यन्न यतिका ढिलो बाँड्दा पनि कुहिएको ल्याएको भन्दै स्थानीय रुष्ट भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV