१८ कार्तिक २०७४, शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रको समानुपातिक सूचीमा ल्ह्यारक्याल लामा पनि अटाएका छन् । माओवादी केन्द्रको एक नम्बरमा रेख शर्मा परेकी छिन् । लामा माओवादीका पूर्व निलम्बीत सांसद हुन् । निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको सूची अनुसार पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी, तेस्रो नम्बरमा धर्मशिला चापागाईँ र चौथो नम्बरमा शक्ति बस्नेतकी पत्नी सत्या पहाडी छिन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफु चितवन–३बाट चुनाव लडदैछन् । बुहारी बिना मगर क्रचनपुर–१ बाट प्रतिनीधिसभाका लागि चुनाव लड्दै छन् । ज्वाईं जीवन आर्चाय मोरङबाट प्रदेशसभामा चुनाव लडेका छन् । भाई नारायण दाहाल पनि समानुपातिक सूचिमा छन् ।

टिकट बाँडफाँड कार्यदलमा संयोजक बनेका बर्षमान पुन रोल्पाबाट प्रतिनीधिसभाकालागि चुनाव लडेका छन् । उनकी श्रीमिति ओनसरी घर्ती समानुपातिक सूचिमा छन् । बर्षमान पुनकी बहिनी लालकुमारी पुन ललितपुरबाट प्रदेशसभामा चुनाव लड्दैछिन् ।

देब गुरुङ लमजुङबाट प्रतिनीधिसभाका लागि चुनाव लड्दै छन् । उनकी पत्नी यशोदा सुवेदी समानुपातिकमा छिन् । हितमान शाक्य काठमाडौं १० नं क्षेत्रबाट प्रत्यक्षमा लड्दै छन् भने उनकी श्रीमति अमृता थापामगर समानुपातिकमा छिन् ।

तेजप्रसाद ओली रुकुमबाट प्रदेश सभामा लड्दै छन् भने पत्नी जुनकुमारी रोका समानुपातिकमा छिन् । शक्ति बस्नेतकी बहिनी ज्ञानु बस्नेत समेत समानुपातिकमा छिन् । जनार्दन शर्मा रुकुमबाट चुनाव लड्दैछन् । भाई अनिल शर्मा काठमाडौं १ बाट चुनाव लडदैछन् । पूर्वमन्त्री रेखा शर्माका पति कृष्णध्वज खड्का प्यूठानबाट प्रदेशसभाका लागि चुनाव लड्दै छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV