१८ कार्तिक २०७४, शनिबार

एजेन्सी । चलचित्र “कान्छी”को “चरी चट्ट परि” बोलको पहिलो गीत सार्वजनिक भएको छ । काठमाडौँमा आयोजित पत्रकार सम्मेल बिच चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा दयाहाङ र श्वेताले नृत्य गरेका छन् ।

राजराजन सिवाकोटीको शब्द, सङ्गीत, स्वर रहेको गीतमा गायिका अञ्जु पन्तले साथ दिएकी छिन् । भिडियोको कोरियाग्राफी वसन्त श्रेष्ठले गरेका हुन् । आकाश अधिकारी निर्देशित चलचित्र “कान्छी”मा दया र श्वेताको साथमा अनु शाह, प्रज्जल सुजल गिरी लगायतका कलाकारको अभिनय रहेको छ । यो चलचित्र माघ २६ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV