१८ कार्तिक २०७४, शनिबार

सन्तोष काफ्ले 

दक्ष चिकित्सकको कमीकावीच मधुमेह र ग्रन्थी रोगीको गुणस्तरीय उपचार, नयाँ नयाँ प्रविधि, औषधिका विषयमा ज्ञान आदान प्रदान गर्ने उद्धेश्यले धरानमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको चिकित्सक सम्मेलन हुने भएको छ । सम्मेलनमा नेपाल भारत वंलागदेश लगायतका मधुमेह विशषज्ञहरुले २४ वैज्ञानिक अनुसन्धानपत्र पेस गर्ने कार्यक्रम रहेको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, डाइवेटिक एण्ड इण्डोक्राइन एसोसिएसन नेपाल (डिइएएन) र साउथ इष्ट एसिया डाइवेटिक एण्ड इण्डोक्राइन फोरम (एसइएडीइएफ)को संयुक्त आयोजनामा दुइदिने साउथ इष्ट एसियन डाइवेटिक एण्ड इण्डोक्राइन सम्मेलन हुने भएको हो । बढ्दो मधुमेह रोगको न्यु

नीकरण तथा  उपचार पद्धतिको बिषयमा सचेतनासगै सार्क मुलुकमा हुने यो रोगको उपचार तथा सचेतनाको लागि  धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्तिक १८ गतेदेखि दूइ दिन सो सम्मेलन हुने भएको हो । आयोजकले धरानमा शुक्रबार पत्रकार सम्मेलन गरि सम्मेलनको बारेमा जानकारी गराएको हो । मधुमेह दीर्घ रोग भए पनि यसको उपचार तथा रोकथामको लागि काम नभएको तथा सरकारी पक्षवाट समेत यो रोगको विषयमा ध्यान नपुग्दा दक्ष जनशक्ति उत्पादनमा समेत समस्या भइरहकोले यो रोगको रोकथामसंगै दक्ष जनशक्ति उत्पादनमा सहयोग पु¥याउने हेतु आयोजना गरिएको  सम्मेलनमा नेपाल, भारत,  बंगलादेश, लगायत मुलुकका पाँचसय चिकित्सकहरुको सहभागिता रहने सम्मेलनका संयोजक डा रविन मास्केले बताउनुभयो ।

बदलिदो जीवन शैली, तयारी खानामात्र खाने, अर्गानिक सागसव्जी फलफुल नखाने, शारीरिक श्रम नगर्ने संस्कार बढेको अवस्थामा दक्षिण एसियाली मुलुकमा मधुमेह र ग्रन्थी रोग बढेको विषयमा सम्मेलन केन्द्रित हुने  सम्मेलनका सेक्रेटरी डाक्टर विवेक कट्टले  बताउनुभयो । सम्मेलनमा दक्षिण एसियामा मधुमेह र ग्रन्थी रोगका दक्ष चिकित्सक कम हुनु चुनौती रहेको जनाएको छ । ‘विश्वको एकतिहाई मधुमेह र ग्रन्थी रोगीहरु दक्षिण पुर्वी एसियामा  रहेको कट्टको भनाई छ ।

संसारभरीबाट सहभागी भएको मुधुमेह र ग्रन्थीरोग विषेशज्ञहरुको भेलामा दक्षिण पूर्वी एसियाका मानिसमा यो रोग किन बढी देखियो भन्ने विषयमा बढी छलफल केन्द्रित हुने छ । सम्मेलनमा पेस भएका मध्ये उत्कृष्ट २ वटा वैज्ञानिक अनुसन्धानपत्र प्रस्तुतकर्तालार्ई  नगद सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV