१७ कार्तिक २०७४, शुक्रबार

बेरुत। उत्तरपश्चिमी सिरियाली सहर इडलिबमा रुसी सेनाको हवाई कारबाहीका क्रममा परी बिहीबार १७ जना विद्रोहीको मृत्यु भएको समाचारमा छ । सिरियाको इडलीब प्रान्तमा सो कारबाही भएको सिरियाली विद्रोहको अवस्थाका बारेमा अनुगमन गरिरहेको अधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ ।

मारिनेमा सिरियाका विद्रोही लडाकूहरु रहेको मानवअधिकारकर्मीहरूले पुष्टी गरेका छन् । उक्त अधिकारवादी संस्थाका अनुगमनकर्ताले मङ्गलबार बिहान सो जानकारी दिएका प्राप्त समाचारमा जनाइएको छ । बिहीबार साँझपख हवाई सेनाले कारबाही थालेको थियो । कारबाहीका क्रममा १७ जनाको ज्यान गएको बताइएको छ । तर उक्त कारबाही किन गर्नु परेको हो भन्ने बारेमा भने रुसी वा सिरियाली सेनाले केही बताएको छैन ।

रुसी सेनाले फायलाक अल साम आवद्ध विद्रोहीहरूलाई लक्ष्यगरेर सो कारबाही गरेको विगतमा पनि बताउने गरेको थियो । घटना भएको इडलिब द्वन्द्व प्रभावित क्षेत्रको रूपमा मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV