१७ कार्तिक २०७४, शुक्रबार

काठमाडौं । राजधानीको ववरमहलमा रहेको आर्ट काउन्सिलमा एकल चित्रकला प्रर्दशनी शूरु भएको छ । अरुना हिङ्याङद्धारा कोरिएका चित्रहरुको प्रर्दशनी राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गर्नुभएको हो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वसचिव एवं मन्त्री समेत रहनुभएका साहित्यकार एसपी कोइरालाको कविता संग्रह संङस अफ स्प्यारोको समेत विमोचन गर्नुभयो । संङस अफ स्प्यारो कविता संग्रहमा मान्छेको मन दुखेको बेलामा गौथलीले कसरीे गीत गाउँछ भन्ने उल्लेख गरिएको साहित्यकार एसपी कोइरालाको भनाई छ ।

कृतिमाथि समीक्षा गदै राष्ट्रकवि माधव घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशी, चित्रकार किरण मानन्धरले एसपी कोइरालाको अंग्रेजी कविता संग्रहले विश्वमा नेपाली साहित्यको प्रचार प्रचार गर्न सहयोग पुग्ने विश्वास लिनुभयो । उहाँहरुले विश्वमा नेपाली साहित्य भाषाको कारण पछि परेको अवस्थामा कोइरालाको अंग्रेजी कृतिले अन्तराष्ट्रिय स्तरमा प¥याउन मार्गदर्शन प्रदान गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV