१७ कार्तिक २०७४, शुक्रबार
  • रिया भण्डारी

काठमाडौ ।  गत असोज २८ गते भएको एमबीबीएस प्रवेश परीक्षा प्रकरणमा प्रश्नपत्र बाहिरिएको प्रहरीको अनुसन्धानले प्रमाणित गरेको छ । अपराध अनुसन्धान महाशाखाले प्रवेश परीक्षाको ‘एन्सर सीट’ र बाहिरको एन्सर सिट म्याच हुन्छ हुन् भनि परीक्षणका लागि मेडिकल काउन्सिलको सहायता लिएको थियो । जसबाट कागजमा लेखेर सार्वजनिक भएको ‘एन्सर हुबहु म्याच भएको अपराध अनुसन्धान महाशाखाले जनाएको छ । साथै चिट चोर्न प्रयोग भएका डिभाइसको सिमबाट पनि कुरा भएको प्रमाणित भएको छ । यसलै पुनः परीक्षा हुने

यतिबेला चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत एमबीबीएस प्रवेश परीक्षा दिएर बसेका ८ हजार विद्यार्थी नतिजा आउँछ कि पुनः परीक्षा हुन्छ भन्दै अन्योलमा परेका छन् । आगामी मंसिर १ गतेदेखि एमबीबीएसको कक्षा सञ्चालन भइसक्नुपर्ने प्रावधान भए पनि असोज २८ गते शनिबार काठमाडौंमा भएको एमबीबीएस प्रवेश परीक्षामा इलेक्ट्रोनिक डिभाइसबाट चिट चोर्ने र चोराउने गिरोह र नक्कली परीक्षार्थी पक्राउ परेपछि अनुसन्धानबाट प्रहरीले प्रमाणहरु जुटाइरहेको छ ।

कागजमा लेखेर सार्वजनिक भएको ‘एन्सर सिट ’ आईओएमकोसँग हुबहु मिल्ने र नमिल्ने परीक्षणका लागि मेडिकल काउन्सिलको साहयता लिएर गरेको अनुसन्धानबाट बाहिरिएको एन्सर सिट म्याच हुन् गएको अपराध अनुसन्धान महाशाखाका प्रमुख दिवेश लोहनीले जानकारी दिनुभयो । बाहिरिएको एन्सर सीट र आइओएमले बनाएको एन्सर सीट म्याच गर्दा ९० प्रतिशत मिलेको खण्डमा त्यो प्रश्नपत्र बाहिरिएको ठहरिन्छ र यस्तो अवस्थामा अवस्थामा पुनः परीक्षा गर्नु पर्ने नियम छ । त्यसो त प्रहरीले चिट चोर्न प्रयोग भएको इलेक्ट्रोनिक डिभाइसको सिमबाट कुरा भएको प्रमाण पनि फेला पारेको छ ।

त्यसैगरी यता त्रिविले गठन गरेको छानबिन समितिले भने अनुसन्धान जारी रहेको भन्दै एक साता भित्र अनुसन्धान को प्रतिबेदन बुझाउने बताएको छ। एमबीबीएस प्रवेश परीक्षा चोरी प्रकरणमा संलग्न भन्दै प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ । तीमध्ये दुई जना अर्काको परीक्षा दिनेछन् भने १३ जनालाई ठगी र साइबर क्राइममा मुद्दा चलाइएको महानगरीय प्रहरी अपराध महाशाखाकाले जनाएको छ । प्रहरीले प्रश्न बाहिरिएको प्रमाणित गरिसके पछि त्रिविले पनि इमान्दारीपूर्वक अनुसन्धान गरे पुनः परीक्षा हुने अब निश्चित देखिएको छ । ०००

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV