
- आशिष के.सी
सल्यान । मंसिर २१ मा हुने दोस्रो चरण निर्वाचनको लागि प्रदेश नं.६को सल्यानमा पनि बिहीबार बिभिन्न राजनीतिक दलहरु आफनो मनोनयन दर्ता गराएसंगै चुनावी माहोल बढेको छ । नेपाली काँग्रेस र एमाले तथा माओबादी केन्द्रको सयूक्त बाम गठबन्धन, राप्रपा, माले, नयाँ शक्ति, स्वतन्त्र लगायतका उम्मेदवारहरु अहिले चुनावी मैदानमा चुनावको प्रचार प्रसार गर्नमा व्यस्त देखिएका छन् ।
नेपाली काँग्रेसबाट पुर्बशिक्षा राज्य मन्त्री राजेन्द्रबहादुर शाहले प्रतिनिधि सभाको लागि उम्मेदवारी दर्ता गराएका छन् भने बाम गठबन्धनबाट नेकपा माओबादी केन्द्रका नेता तथा बिना विभागीय मन्त्री टेकबहादुर बस्नेतले आफनो उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै राप्रपाका गणेश भण्डारीले पनि प्रतिनिधि सभाको लागि उम्मेदवारी दिए लगतै माओबादी केन्द्रका केही असन्तुष्ट नेताहरुले वागी उम्मेद्वारी दिएका छन् ।
सल्यान क्षेत्र नं.१ मा नेपाली काँग्रेसका एक राज डि.सी,बाम गठबन्धन बाट नेकपा एमालेका गुलाबजंग शाह,राप्रपाका बालाराम शर्मा ले आफनो उम्मेदवारी दर्ता गराए लगतै स्वतन्त्रबाट माओबादी केन्द्रका नेता भिम प्रकाश शर्माले आफनो उम्मेदवारी दर्ता गराए । त्यस्तै सल्यान क्षेत्र नं.२मा नेपाली काँग्रेसका डिल्लीराज रेग्मी,बाम गठबन्धनबाट एमालेका प्रकाश ज्वाला,राप्रपाबाट राजेन्दबीर राई,स्वतन्त्रबाट जितबहादुर पुनले आफनो उम्मेदवारी दिएका छन् ।
सल्यानमा बिभिन्न दलका नेताहरु मध्ये कोही दोहारिएर चुनाबी मैदानमा छन् भने कोही पहिलो पटक चुनाबी स्वाद चाख्न तम्सिएका छन । नेपाली काँग्रेसबाट प्रतिनिधि सभाका उम्मेदवार राजेन्द्र बहादुर शाह २०४८ पछि लामो समय लगाएर चुनाबी होडमा उत्रेका छन भने बाम गठबन्धनबाट उम्मेदवार माओबादी केन्द्रका नेता तथा बिनाबिभागिय मन्त्री टेकबहादुर बस्नेत २०६४,२०७० संगै यो पटक पनि चुनाबी मैदानमा उत्रिएका छन् । तर उनविरुद्ध पाटी भित्रैका नेता एवं २०६४ सालको संविधान सभाका सभासद उमाकान्त शर्माले बागी उम्मेदवारी दिए पछि चुनौती भने थपिएको छ ।
स्थानीय चुनाबको मतान्तर हेर्दा बाम गठबन्धन नेपाली काँग्रेस भन्दा करिब २४ हजार मतले अगाडि देखिन्छ तर एमाले भित्र केही खुलेरै सामाजिक सञ्जालमा असन्तुष्टि जनाउनु र माओबादी केन्द्रका केही नेताहरु सबै नमिल्नु तथा माओबादी केन्द्रका जिल्ला अध्यक्ष कर्णबहादुरी बुढाथोकी र जिल्ला ईन्चार्ज नेबबहादुर कवरले गठबन्धन बिरुद्ध सयूक्त बिज्ञप्ती जारी गर्नुले वाम गठबन्धनलाई धक्का लाग्ने अवस्था देखिएको छ ।