१७ कार्तिक २०७४, शुक्रबार

काठमाडौं ।  प्रधानन्त्री शेरबहादुर देउवाले दुई चरणमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन बढी भन्दा बढी सहभागिता हुने गरी मतदाता शिक्षालाई प्रभावकारी बनाउन निर्वाचन आयुक्तहरुलाई आग्रह गर्नुभएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवटारमा भएको निर्वाचन आयुक्तहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले मताधिकार लोकतन्त्रमा सबैभन्दा महत्वपूर्ण विषय भएको भन्दै अधिकतम मत खस्ने र न्युन बदर हुनेगरी व्यवस्थापन गर्न आग्रह गर्नुभएको हो । उहाँले मतदातालाई आफ्नो मताधिकार स्वतन्त्ररुपमा प्रयोग गर्नेगरी वातावरण बताउन आग्रह गर्दै मतदाता भ्रममा नपर्ने गरी मतदाता शिक्षा प्रभावकारी बनाउदै मत बदरलाई न्युन बनाउनु पर्ने बताउनु भयो ।

प्रधानमन्त्री देउवाले निर्वाचनका लागि सरकारकोतर्फबाट आवश्यक सबै सहयोग २४ सै घण्टा गर्न आफु तयार रहेको पनि बताउनु भयो । भेटमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले निर्वाचनमा प्रधानमन्त्रीको सुरुदेखिको प्रतिवद्धताकै कारण तोकिएको समयमा सम्पन्न हुने भएको भन्दै धन्यवाद दिनुभएको थियो । प्रधानमन्त्री देउवाको भेटमा प्रमुख आयुक्त यादव, आयुक्तहरु इश्वरी पौडेल, ईला शर्मा, सुधीरकुमार शाह र निर्वाचन आयोगका सचिव बेगेन्द्र शर्मा सहभागी हुनुहुन्थ्यो ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV