१७ कार्तिक २०७४, शुक्रबार

काठमाडौं, १७ कात्तिक । हाँस्य कलाकार जितु नेपालले गायिका कोमल ओलीलाई एमालेले टिकट नदिएपछि सामाजिक संजाल मार्फत आक्रोस पोखेका छन् हालै मात्र कोमल ओली राप्रपा बाट एमाले पार्टी प्रवेश गरेकी हुन्  । सांसदको टिकट पाउने आस र एमाले को आस्वासन मा पार्टी प्रवेश गराए पनि एमालेले  गायिका कोमल वलीलाई उम्मेदवार नबनाई हीराचन्द्र केसीलाई उम्मेदवार बनाएपछि  गायक तथा कलाकारहरू राजनीतिक दलप्रति आक्रोशित भएका छन् ।

 

एमालेले टिकट नदिएपछि कोमल वलीले बिहीबार दाङ ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् । सो क्षेत्रबाट एमालेका हीराचन्द्र केसी उम्मेदवार बनेका छन् ।

कलाकार जितु नेपालले कोमल वलीलाई प्रलोभनमा पारि पार्टी प्रवेश गराएको  तर टिकट नदिएको भन्दै  दलहरूले कलाकारलाई उपयोग गरेको र त्यसै पछिल्लो उदाहरण स्वरूप  कोमल वलीलाई एमालेले हरियो घाँस देखाएर ठण्डाराम पारेको बताएका छन् ।उनले सो आक्रोसलाई फेसबुकमा  यसरि पोखेका छन् –

‘कुनै पनि पार्टीले कलाकारलाई आफ्नो स्वार्थका लागि बाहेक कुनै स्थान दिएनन् । यसको ज्वलन्त उदाहरण कोमल वली दिदी हुन्, जसलाई एमालेले हरियो घाँस देखाएर खोरमा भित्र्त्याएर ठण्डाराम पार्‍यो । यो घटना पहिलो होइन, यसभन्दा पहिले पनि भुवन केसीलगायत धेरैलाई ठण्डाराम पारेकै हो,’ ‘कुनै पनि दल र नेताहरूले हामीलाई सम्झिने भनेको यिनका आमसभा, चुनाव प्रचार प्रसारलगायतका कार्यक्रममा भीड जम्मा पार्ने माध्यम बन्ने र उनीहरूले भाषण गरून्जेल जनता अड्याउने कामका लागि मात्रै हो । त्यसैले आफ्नो प्रतिभा र लोकप्रियताको भर परौं, आफ्नो पेसा इमान्दारीका साथ निर्वाह गरी सम्पूर्ण नेपालीको मनमनमा बस्ने काम गरौं, कुनै पार्टीको गोटी भएर हाँसोका पात्र मात्र नबनौं,’ उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV