१७ कार्तिक २०७४, शुक्रबार

न्याय माग्ने अन्तीम ढोका अदालत हो तर अदालतबाट प्राप्त न्यायहरु आजभोली बजारमा हाँसो,ठट्टाको बिषय बन्दैछन् । सम्मानीत अदालतको निर्णयमा किन बोलीस भनेर भोली एउटा पत्र आउन सक्ला तर माफ गर्नुहोला श्रीमान, फर्जी निरीक्षण प्रतिवेदनको आधारमा काठमाडौँ नेसनल मेडीकल कलेजलाई त्रीभुवन विश्वबिद्यालयले दिएको अस्थायी सम्बन्धन खारेज नगर्न नवनियुक्त न्यायाधीश डम्बर बहादुर शाहीले अन्तरीम आदेश दिएको बिषयमा चुप लाग्न मनले मानेन ।

जुन प्रतिवेदनमा अस्पतालमा रहेका बिभाग,औजार,उपकरण र सेवा सम्बन्धी तथ्याङकनै समावेश छैनन त्यस्तो प्रतिवेदनलाई फर्जी भन्न केले रोक्यो श्रीमान ? एउटा यस्तो प्रतिवेदन जसमा चिकित्सक,प्रशिक्षक नर्स लगाएतका जनशक्तिको विवरण नै छैन त्यस्तो प्रतिवेदनलाई मान्यता दिन मिल्छ ? अधिकार सम्पन्न छानबिन समीतीले स्पष्टरुपमा भनीसक्यो कि प्रतिवेदन झुठा विवरणहरु थिए र यहि छानबिन समीतीको निष्कर्षमा टेकेर त्रीभुवन विश्वबिद्यालयले सम्बन्धन खारेज गरीदिएको थियो ।

बिरामी र डाक्टर नै नभएको मात्र होइन स्वास्थ्य मन्त्रालयमा दर्ता समेत नभएको प्रमाण श्रीमान समक्ष पुगेन की ? चार बर्ष अगाडी दावी गरीएका शैक्षिक तथा भौतीक पुर्वाधार अझैपनि छैन्न, यो मुलुकको स्वास्थ्य मन्त्रालयले सञ्चानल तथा स्तरउन्नती मापदण्ड सम्बन्धी निर्देशीका विपरीत अस्पताल संचालन गरेको पुष्टी भएको विवरण श्रीमान समक्ष नपुगेकै हो त ?

यि हाम्रा प्रश्न मात्र हुन सम्मानीत अदालतको एक इन्च पनि मानमर्दन नहोस भन्ने कुरामा हामी सचेत छौ तर आश्चार्य चकित परेपछी मुखमा बुजो कोच्न नसकिने रहेछ श्रीमान । गैर कानुनी रुपमा संचालीत काठमाडौ नेशनल मेडीकल कलेजेको पक्षमा सर्वोच्चको आदेश आउदा तिन छक्क पर्न त पाइएला नि श्रीमान ? नेपाली जनता पटक पटक छक्क पर्न नै जन्मेका हुन त ?

ट्याक्स छली काण्डमा चुडामणी शर्मालाई उन्मुक्ति र वर्खास्तीमा परेका आयल निगमका गोपाल खड्का, साझा प्रकाशनका डोलेन्द्र शर्मालाई पुर्न वहाली गर्न दिइएको आदेशले तिन छक पर्नै नपुगेका जनतालाई घरी घरी सम्मानीत सर्वोच्च अदालतले सप्राइज दिइरहँदा हामी त हामी सिधै वेहोस हुने सम्भावना बढ्यो, त्यसैले एक पछि अर्को आश्चार्य लगातार आईरहदा सहन गाह्रो हुने कुरा विचार गरियोस योर अनर ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV