१६ कार्तिक २०७४, बिहीबार

काठमाडौं । भक्तपुर कौशलटारकी साइली तामाङलाई आफ्नै देउरानी पर्ने एश्वर्य तामाङले ठगी गारेकि  छन् । ठगी गर्ने मनशायले व्यववाहर गर्न थाले पछि आफ्नत पनि चिन्दैनन जसरी हुन्छ लुट्ने उनिहरुको खेती हुन्छ । अहिले साइलीलाई सडकमा पु¥याएकी छिन् ।

कौशलटारमा फेन्सी सञ्चालन गरेर बसेकी ऐश्वर्य तामाङले आफ्नो भाइ अस्टे«लीया जान लागेको र बैंक स्टेटमेन्ट देखाउनु परेकाले बैंकमा देखाउन पैसा चाहियो भन्दै साइली तामाङलाई बारम्बार बिन्ती गरीन । आफ्नै देउरानीलाई अप्ठ्यारो परेपछी साइली तामाङ आफ्नो एउटा घर, २ ओटा जग्गा मात्रै होइन अर्को एक आफ्नतको समेत घर स्थानीय सहकारीमा राखेर लोन झिकीन र ६० लाख रुपयौँ ऐश्वर्य तामाङलाई केही दिनमा फिर्ता गर्ने भन्दै कुनै कागज नगरी दिइन ।

श्रीमान १७ बर्ष साउदी अरेवीया बसेर कमाएको पैसाले जोडेको घर जग्गा सहकारीमा राखेर ऐश्व्र्यलाई पैसा दिइन । साइली सँग न अहिले ऐश्व्र्य तामाङ सम्पर्कमा छिन न उनलाई पैसा दिएको कुनै प्रमाण । यहि कारण रात दिन घरमा झगडा हुन्छ ।

ऐश्वर्य तामाङले उनलाई मात्रै हैन कौशलटार चोकमा व्यापर व्यवसाय गरेर बस्ने अन्य धेरै महिलाहरुलाई आफ्त बिरामी परेको, भाइलाई अस्टे«लीया पैठाउन लागेको,प सलमा समान थप्ने लगाएतका बहाना पार्दे १ करोड बढि ठगी गरेको भन्दै महिलाहरुको ठुलो समुह हाम्रो कार्यालयमा आएका छन् ।

उनि आँफै कार्यसमिती सदस्य रहेको सहकारीमा शेयर बन्न लगाउने त्यसबाट ऋण झिक्न लगाएर त्यो पैसा आँफुले लिने गरेकी थिइन । उनले महिलाहरुको मन यति सम्म जितीनकी फकाएर २ दिन ४ दिनको लागि भन्दै घर नै सहकारीमाराखेर समेत पैसा झिक्न लगाइन ।

पिडित महिलाहरका अनुसार अहिले ऐश्वर्य तामाङ भारत र भुटानको सिमाना जयगाँउमा लुकेर बसेकी छन् । उनका श्रीमान सिन्धुलीमा रहेपनी उनले श्रीमतिसंग आफ्नो कुनै सम्पर्कमा नभएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV