१६ कार्तिक २०७४, बिहीबार

अंगराज न्यौपाने

विश्वमा नेपाल आफ्नो छुट्टै मौलिक संस्कार र संस्कृतिको माध्यमले परिचित छ । त्यसमाथि काठमाडौं उपत्यकाको नेवारी संस्कृतिलाई विशिष्ठ मान्ने गरिन्छ । तर पछिल्लो समय विश्व भूमण्डलीकरणको प्रभाव उत्यकाको संस्कृतिमा समेत पर्न थालेको छ । वाहिरी संस्कार र संस्कृतिले उपत्यकाको संस्कृतिमा नै प्रभाव पार्न थाले पछि स्थानीय नेवारी समुदाय आफ्नो मौलिक संस्कृतिको संरक्षणमा जुटेका छन ।

परापूर्वकालदेखि नै नेपालले आफ्नो मौलिक संस्कृतिको विकास, विस्तार र संरक्षण गर्दै आएको छ । त्यसमा पनि उपत्यकाको नेवारी संस्कार र संस्कृतिले नेपाललाई विश्वमा चिनाएको छ । विश्वमा नै आफ्नो छुट्टै पहिचान वनाउन सफल उपत्यकाको नेवारी संस्कृति पछिल्ला केहि दशकमा भने वढ्दै गएको विश्व भूमण्डलीकरणले लोप हुने अवस्थामा पुुगेपछि उपत्यकाका नेवार समुदाय यसको संरक्षयामा जुटेका छन ।

आफ्नै समुदायको संस्कार र संस्कृतिको वारेमा पछिल्लो पुस्ता नै जानकार नहुने अवस्था आएपछि नेवारी संस्कार र सस्कृतिलाई जीवन्त राख्दै पछिल्लो पुस्तालाई आफ्नो संस्कार र संस्कृतिसंग परिचित गराउने उदेश्यले ललिपुरको पाटनमा नेवारी संग्रहालय नै स्थापना गरिएको छ ।

वागमती सभ्यताको ईतिहाससंग जोडिएको नेवारी संस्कृति विश्वमा नै नेपाललाई चिनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ । यसको संरक्षणकालागि नेवारी समुदाय मात्र नभई राज्यल नै विषेश चासो दिन जरुरी छ । समयमा नै आफ्नो मौलिक संस्कृतिलाई जगेर्ना नगर्ने हो भने विश्वमा आफ्नो मौलिक संस्कृतिको पहिचान वनाउन सफल नेपाल पश्चिमा संस्कृतिको प्रभावमा नपर्ला भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV