१६ कार्तिक २०७४, बिहीबार

काबुल कात्तिक (रासस/सिन्ह्वा) ।अफगानिस्तानमा झाडा पखालाका कारण हरेक वर्ष झण्डै ९५ हजार बालबालिकाको मृत्यु हुने गरेको पाइएको छ ।

राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले बिहीबार सार्वजनिक गरेको एक विवरणमा अफगानिस्तान भरी दैनिक २६ जना बालबालिकाको मृत्यु झाडापखालाकै कारण हुने गरेको छ ।

“झाडापखालाका कारण बर्सेनि मृत्यु हुनेमध्ये झण्डै ८० हजार जना पाँच वर्ष मुनिका बालबालिका रहेका छन्,” प्रतिवेदनमा उल्लेख गरिएको छ ।

शौचालयको प्रयोग र खाना खानु अघि हात धुनु पर्ने चेतनाको अभावका कारण धेरै बालबालिकालाई झाडापखाला हुनेगरेको पाइएको छ । यसलाई सजिलै हटाउन सकिने अफगानिस्तान स्थित युनिसेफका प्रतिनिधि अदेले खोडरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV