१६ कार्तिक २०७४, बिहीबार

ज्योति पन्थी

मन्त्री धेरै पाएपनि बर्दियाको अबस्था बिजोग नै देखियो । सुधारका संकेत भन्दा सास्तीको सामना गुर्न पर्ने बाध्यता आइलाग्यो र आइरहेको छ पनि । बाढीको वर्षेनी पीडा ,विकासमा विभेद यो नियति नियमित हो बर्दियाबासीकालागि । राज्यमा प्रतिनिधित्व नभएको पनि होइन भईरहन्छ । यसपटक पनि ३ जना मन्त्री भए तर मनासिब हुने कामको सूची भने छैन ।

यसपटक पनि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनकालागि फेरी उहि अनुहारुलाई विकासका आंकाक्षी जनताले जिताउनुपर्ने भएको छ । अर्थात उनीहरु फेरी उम्मेदवारका रुपमा आएका छन् । सरकारमा रहेका तीन जना मन्त्री फेरी मनोनयन पत्र बोकेर उम्मेदवारी दिएर मत माग्न तयार भएका छन् ।

बर्दिया जिल्लाको क्षेत्र नं.१ बाट नेकपा एमालेका उपाध्यक्ष एवं पुर्व गृह मन्त्री बामदेव गौतमले आफनो उमेद्धारी दर्ता गराउँनु भएको छ भने यस अघि बर्दियावासीले गौतमलाई प्रतिनिधिसभाका लागि दुई पटक निर्वाचित गराई सकेका छन ।

बामदेव गौतम सँग अहिले नेपाली काग्रेस बर्दियाका सभापति एवं बहालवाला सिचाई मन्त्री चुनावी मैदानमा उत्रिएका छन गत निर्वाचनमा क्षेत्र नं.२ मा निर्वाचित भई सासद भएका गौतम अहिले क्षेत्र नं. १ र २ मिलेर बनेको संघको क्षेत्र नं.१ मा बामदेव गौतम सँग भिडन थालेका हुन ।

बर्दिया जिल्लाको क्षेत्र नं. १ मा पुर्व मन्त्री र बहालवाला मन्त्रीको चुनावी प्रतिष्पर्धा सँगै क्षेत्र नं.२ मा पनि त्यतिकै चुनावी बातावरण तातेको छ । बर्दिया जिल्लाको क्षेत्र नं. २ मा अहिलेकै सरकारका दुइ मन्त्रीहरु बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका तर्फबाट चुनावी प्रतिश्पर्धामा उत्रिएका छन । लोकतान्त्रिक गठबन्धनका तर्फबाट अहिलेका भुमिसुधार मन्त्री गोपाल दहितले उमेद्धारी दिनु भएको छ ।

त्यसैगरी अहिले बर्दियाको क्षेत्र नं. २ बाट बाम गठबन्धनका तर्फबाट बिना बिभागिय मन्त्री सन्तकुमार थारुले उमेद्धारी दिनु भएको छ ।प्रतिनिधित्व र अवसर पाएपनि परिणाम र परिवर्तन दिनमा प्रभावहिन बनेका नेताहरु यसपटक निर्वाचनमा फेरि परीक्षणमा आएका छन् । अब जसरी पनि उनीहरुलाई नै चुन्नुपर्ने बाध्यता थोपिरिदा आममतदातामा भने चिन्ता पनि थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV