१६ कार्तिक २०७४, बिहीबार

सरिना मरासिनी

रुपन्देहीमा यस बर्ष धान उत्पादनमा कमी आउने देखिएको छ । कृषिप्रधानको देशकोरुपमा परिचित रुपन्देहीमा बाढीले लगाएको धान बगाएको तथा समयमै खेती हुन नसक्दा धान उत्पादनमा कमी आउने देखिएको हो ।

जिल्ला कषि बिकास कार्यालय रुपन्देहीले सार्बजनिक गरेको बार्षिक तथ्याङ्क अनुसार अबिरल बर्षा, बाढी तथा खेतीयोग्य जग्गामा घडेरी निर्माणका कारण गतबर्षको तुलनामा यस बर्ष किसानहरुको धान उत्पादन घटने उल्लेख गरिएको छ ।

जिल्ला कृषि बिकास कार्यालय रुपन्देहीका बाली शाखा प्रमुखले बिनोद ज्ञवालीका अनुसार गतबर्ष ६९ हजार ६ सय हेक्टरमा लगाईएको धानबालीको उत्पादन तीन लाख ५२ हजार मेट्रिक टन भएकोमा यस बर्ष बाढी र केही हेक्टर क्षेत्रफलमा घरघडेरी निर्माण हुँदा धान उत्पादन घट्न पुगेको बताउनुभयो ।

रुपन्देहीका किसानहरुले गोरखनाथ, साभामन्सुली, राधा ४ र बिभिन्न प्रजातिका हाईब्रीड धान लगाएता पनि बाढी र घरघडेरी निर्माण जग्गा प्लाटिङ गरि छाडिएको कारण धान उत्पादन यस बर्ष घट्ने जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV