
काठमाडौँ। बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ३ सय तथा चाँदी १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ५५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन विहिवार ५५ हजार ५ सय रुपैयाँ पुगेको छ । त्यस्तै ७ सय ५० मा कारोबार भएको चाँदी ७ सय ६५ पुगेको छ ।
विगत एक वर्षको अवधिमा सुनको मूल्य उच्चतम ५७ हजार ८ सय रुपैयाँसम्म पुगेको छ भने न्युनतम ५२ हजार ८ सय रुपैयाँसम्म झरेको छ । त्यस्तै चाँदीको मूल्य उच्चतम ८ सय ३५ तथा न्यूनतम ७ सय ५ सम्म कारोबार भएको छ ।