१६ कार्तिक २०७४, बिहीबार

एजेन्सी । ‘ईकु’ नामदुवारा  चर्चित कलाकार सुनेमान शङ्करको प्रस्तुति रहेको चलचित्र ‘फिर्के’को  पोस्टर सार्वजनिक भएका छन्। पोस्टर सार्वजनिक संगै चलचित्र आँउदो पौष १४ गते प्रदर्शनमा आउने प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ ।

फिर्केमा अर्पण थापा, सुलेमान शङ्कर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, विष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ । ‘फिर्के’का निर्माता ओमलाल गुरुङ् र राजेश श्रेष्ठ हुन् ।

चलचित्रमा अभिमन्यु निरबीको लेखन रहेको छ । विश्व नेपाली र सुवास भुषालको संगीत रहेको यो फिल्ममा अष्ट महर्जनको द्धन्द्ध तथा राम कुमार केसीको छायांकनरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
LIVE TV