१६ कार्तिक २०७४, बिहीबार

सुवास लामिछाने

यतिबेला पर्वतका बिभिन्न गाँउहरुमा कृषकहरुलाई धान काट्ने चटारो छ । तर, रोजगारको सिलसिलामा युवाहरु विदेशिएपछि पर्बत जिल्लाका गाउँहरुमा कृषि मजदुर नपाउँदा कृषकहरु समस्यामा परेका छन् । जिल्लाको धानको पकेट क्षेत्र मानिने कुश्मा नगरपालिका ,फलेबास नगरपालिका, जलजला गाउँपालिका लगायतका ठाउँमा कृषि मजदुर नपाउँदा कृषककहरु समस्या परेका हुन् ।

धान पाकेर भुइमा झर्न थालिसके पनि खेताला नपाएर धान काट्न कृषि मजदुर नपाउँदा अहिले कृषकहरु समस्यामा परेका छन् । जनशतिmको अभाब र भएका जनशतिmहरु पनि धान काट्ने चटारोमै भएका कारण समस्या आएको छ । कुश्मा नगरपालिका १२ ठुलीपोखरीका अधिकांश कृषकहरुलाई धान काट्ने कृषि मजदुर नहुँदा समस्याले सताएको छ । धान काट्ने खेताला खोज्न गाउभर तथा छिमेकी गाउँहरुमा पुगेपनि नपाएको गुनासो कृषकहरुको छ ।

अहिले गाउँमा एकजना खेतालाको पारिश्रमिक ५ सय देखि ६ सय सम्म रहेको छ । पहिले छिमेकी गाबिस तथा अर्म पर्म गरेर धान काट्दै आउने गरे तापनि अहिले विदेशिन क्रम बढेसँगै समस्या थप बढ्दै गएको कृषकहरुको भनाई छ । बजारमा ब्यापार, ब्यवसाय गर्नेहरु पनि खेतालाको अभावले पसलै बन्द गरेर धान काट्न जानु परेको उनीहरुको भनाई छ ।

सरकारले देशमा स्वरोजगार कार्यक्रम ल्याए पनि रोजगारका लागि युवाहरु विदेश जान नछाडेको र खेतालाको अभाव भएको कृषकहरुको गुनासो छ । कृषकहरुले आफूले उब्जनी गरेको बालीको मूल्य आफै निर्धारण गर्न नपाउँदा ठगिरहेको अवस्थामा खेताला नपाउँदा थप चिन्तित बनेका छन् । पर्बतमा सबैलाई बाँच्नका लागि चाहिने गाँस उत्पादन गर्ने कृषकहरु व्यवसायिक हुन सकेका छैनन् । त्यसमाथि कृषि कर्ममा सहयोग गर्ने हातहरु नहुँदा सबै काम एक्लैले गर्नुपर्दा कृषि पेशामा लागेकाहरु पनि कृषि पेशा छोड्ने मनस्थितिमा पुगेका छन् । जस्ले गर्दा उर्वर भूमिहरु पनि बाँझो बस्ने सम्भावना चुँलिदै गएको छ ।

 

LIVE TV