१६ कार्तिक २०७४, बिहीबार

सविता उप्रेती
नेपालीहरु रोजगारीका लागि विदेशिने तर विदेशीहरु भने नेपालमा आएर चाहे जस्तो कमाउन सक्ने अवस्थाले मुलुक आर्थिक भकारीलाई थप कमजोर बनाउदैछ । दक्षिण एशियाली कामदार त्यस्मा पनि बढी भारतीयहरुले नेपालको धेरै क्षेत्रमा आफ्नो प्रभाव र आवश्यकता बढाउदै लग्दा महंगो मानिने गरगहनाको आभुषण बजारमा पनि एकक्षत्र उनीहरुको नै राज चल्दै आएको छ । जस्ले गर्दा प्रत्येक बर्ष १८ अर्ब रुपैयाँ नेपालबाट वाहिरिदै छ ।

अहिले नेपालको आभुषण बजारमा रहेका करिव सवा लाख विदेशी कालिगढले वार्षिक १८ अर्ब रुपैयाँ विदेश लैजाने गरेका हुन् । दक्ष हुँदा हुँदै पनि कतिपय नेपाली कालीगढले यो क्षेत्रमा रोजगारी पाउँदैनन् । अर्काेतिर नेपाली भन्दा भारतीय कालीगढले सस्तोमा काम गर्ने हुँदा पनि व्यवसायीको रोजाईमा भारतीय कालीगढ नै पर्दै आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपालमा २ लाख आभुषण (सुन, चाँदी, हिरा, मोती) का गहना बनाउने कालिगढ छन् । यो संख्याका ७५ देखि ८० प्रतिशत कालिगढ विदेशी रहेको सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्य बताउनु हुन्छ ।

नेपालमा २५ हजार सुनचाँदी व्यवसायी छन् । यसमध्ये काठमाडौं जिल्लामा मात्रै ६ सय व्यवसायी यो कारोबारमा संलग्न छन् । राज्यले चासो नदिएका कारण बर्षेनी करोडौं रकम मुलुकले गुमाइरहेको पुर्व अध्यक्ष शाक्यको गुनासो छ ।

नेपालीलाई नै यो पेशामा आकर्षित गर्न सके नेपाली पैसा विदेश पनि नजाने र रोजगारी समेत पाउने वातावरण बनाउन सरकारले चासो देखाउन ढिलो भइसकेको छ । स्वदेशमा भने काम गर्न लजाउने र विदेशमा भने जस्तोसुकै काम गर्न पनि स्वीकार्ने नेपाली प्रवृतिमा सुधार ल्याउन आवश्यक छ । आफ्नो घरको ढुकुटीको चाबी अर्कालाई बुझाएर अर्काको पसिना बगाउँदा गर्व लाग्ने लाहुरे प्रवृतिबारे सबैले सोंच्नै पर्छ अब ।

 

LIVE TV