१६ कार्तिक २०७४, बिहीबार

सबै दलका शीर्ष नेताहरुले दोस्रो चरणको चुनावका लागि उम्मेदवारी मनोनयन दर्ता गर्दैछन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयहरुमा मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराबाट उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन ३ बाट उम्मेदवारी दर्ता गर्दै हुनुहुन्छ ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सप्तरी २, महन्त ठाकुरले महोत्तरीबाट उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।

यस्तै कांग्रेस नेता रामचन्द्र पौडेल तनहुँ १, विमलेन्द्र निधि धनुषा ३, प्रकाशमान सिंह काठमाडौं १, कृष्णप्रसाद सिटौला झापा ३, शशांक कोइराला नवलपरासी १, गगन थापा काठमाडौं ४, रमेश लेखक कञ्चनपुर ३ र एनपी साउद कञ्चनपुर २ बाट उम्मेदवार बन्दै हुनुहुन्छ ।

यस्तै एमाले माधव नेपाल काठमाडौं २, झलनाथ खनाल इलाम १, वामदेव गौतम बर्दिया १, भीम रावल अछाम १, सुवास नेम्वाङ इलाम २, ईश्वर पोखरेल काठमाडौं ५ बाट उम्मेदवार बन्ने तयारीमा हुनुहन्छ ।

माओवादी केन्द्रका कृष्णबहादुर महरा दाङ २, पम्फा भुसाल ललितपुर ३, गिरिराजमणि पोखरेल महोत्तरी १ र राम कार्की झापा १ बाट उम्मेदवार बन्दै हुनुहुन्छ । रामबहादुर थापा भने उम्मेदवार नबन्ने हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV