१६ कार्तिक २०७४, बिहीबार

नेपाली काँग्रेसको नेतृत्वमा गठन गरिएको लोकतान्त्रिक गठबन्धन संकटमा परेको छ । राप्रपा, राप्रपा प्रजातान्त्रिक, राजपा र संघीय फोरमसम्मिलित गठबन्धन सीट बाँडफाँटको विषयले संकटमा परेको हो ।

राष्ट्रिय जनता पार्टी नेपाल र काँग्रेसबीच सीटमा कुरा नमिलेपछि लोकतान्त्रिक गठबन्धन नबन्ने देखिएको छ । काँग्रेसका नेताहरुले आफनो क्षेत्रबाट गठबन्धनमा अन्य दलहरुलाई निर्वाचनमा उठ्न नदिने जनाएसँगै गठबन्धन धरापमा देखिएको छ । लोकतान्त्रिक गठबन्धन निर्माण भएदेखि नै असमन्जसमा परेको राजपाले काँग्रेससँग सीट बाँडफाँटमा ठूलो हिस्सा माग्दै आएको थियो ।

तर, दोश्रो चरणको निर्वाचनको मनोनयन दर्ता गराउने बिहीवारको समय भएपनि काँग्रेस नेता विमलेन्द्र निधिले धुनषाको क्षेत्र नम्बर ३ नछाड्ने जनाएसँगै राजपा र काँग्रेसबीचको सहमति तोडिएको छ । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो पनि चुनाव लड्ने र त्यहाँ काँग्रेसले सहयोग गर्नुपर्ने राजपा नेपालको माग रहेको थियो । यता राजपा नेपालले सर्लाहीको चार नम्बर क्षेत्र वा धनुषाको तीन नम्बर क्षेत्रमध्ये एक आफूहरुलाई दिन आग्रह गरेका थिए । तर, काँग्रेसले दुई मध्ये कुनै पनि खाली गर्न तयार नदेखिएपछि सहमति हुन सकेन ।

बालुवाटारमा बसेको बैठकमा मधेशी दलले धनुषाको क्षेत्र नम्बर तीन माग्दा विमलेन्द्र निधिले राजपाका नेतालाई प्रदेश सभामा लड्न आग्रह गरेपछि सहमति भडकिएको जनाइएको छ । यता राप्रपासँगको तालमेल गर्ने भनेर जनाएपनि झापा क्षेत्र नम्बर ३ मा राप्रपाले तालमेल नगर्ने यस अघि पनि जनाउँदै आएको छ । यहि कारणले पनि पछिल्लो समय बाम गठबन्धनलाई टक्कर दिनका लागि नै गठन गरिएको लोकतान्त्रिक गठबन्धन अन्ततः सीट बाँडफाँटको भागवण्डामा कुरा नमिलेपछि लोकतान्त्रिक गठबन्धन धरापमा परेको काँग्रेसका नेताहरुले नै बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV