१५ कार्तिक २०७४, बुधबार

चितवन । राष्ट्रिय निजी तथा आवासीय बिद्यालय एसोसिएशन नेपाल प्याब्सनको छैटौ राष्ट्रिय महाधिवेशन पर्यटकीय नगरी सौराहामा हुने भएको छ । राष्ट्रभरका निजी स्वामित्वमा सञ्चालित संस्थागत विद्यालयको छाता संगठन प्याव्सनको छैटौ अधिवेशन कार्तिक १७ गते देखि १९ गतेसम्म सौराहामा हुने भएको हो ।

महाधिवेशनले नीतिसहित शशक्त नेतृत्व चयन गर्दै लगानी सुरक्षा गर्ने,संस्थागत प्रतिनिधित्वलाई सबल बनाउने, लागतको आधारमा शुल्क निर्धारण गर्ने,छात्रवृति र विभेदिकरण व्यवस्थाको खारेज गर्ने लगायतका विषयमा छलफल हुने प्याव्सनका अध्यक्ष कर्णबहादुर शाहीले बताउनुभयो ।

महाधिवेशनबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा उहाँले राज्यले तोकेको नियम पालना गरेर सञ्चालित हुने तर आँफुहरु बाँधिएर अगाडि प्रष्ट पार्नुभयो । अंकुश लगाउने वहानामा बिद्यार्थी, अभिभावक, शिक्षा निकायका पदाधिकारी, नेता सबैले घाँटी अठयाउने काम गरीरहेको पनि अध्यक्ष शाहीको आरोप छ ।

महाधिवेशनमा मुलुकभरका २५ सय बिद्यालयहरुबाट करिब २ हजार प्रतिनिधिहरुको सहभागिता रहने नवलपरासीका अध्यक्ष रमेश अधिकारीले जानकारी दिनु भयो । छैटौ राष्ट्रिय महाधिवेशनको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको थियोे ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV