१५ कार्तिक २०७४, बुधबार

दानबहादुर बुढा

मुगु । नेपालको अति विकट दुर्गम हिमाली जिल्ला मुगुमा यो बर्ष बर्षे अन्न बालीको उत्पादनमा बृद्घि भएको छ । जिल्लाको गम, करान, सोरु, खत्याड ४ भेगमा उत्पादन हुर्ने बर्षे अन्नबाली कोदो, मकै ,जौ, फापर, कागुनो, चिनो, मार्सो, गहुँ, धान, नाफल गहुँ, लगायतका अन्न बालीहरुको उत्पादनमा बिगतका बर्षहरु भन्दा यो बर्ष निकै उत्पादनमा बृद्घि हुने देखिएको हो ।

गत बर्षहरुमा समयमा पानी नपर्ने तथा खडेरीका कारण भोकमारी हुने गर्दथ्यो । तर यस बर्ष समयमा नै आकाशे पानी परेको र जिल्ला कृषि बिकास कार्यालयबाट उपलब्ध गराउर्ने अन्न बालीको बिउँ राम्रो भएको हुँदा यो बर्ष बर्षे अन्न बालीमा राम्रो भएको सोरु गाँउपालिका धैनकोट गाँउकी कुषक रचना मल्लको भनाई छ ।

मुगुको कुल क्षेत्रफल ३१ हजार ३ सय १० हेक्टर मध्ये कृषि र खेती योग्य जमिनको क्षेत्रफल २० हजार ३ सय ५१ क्षेत्रफलमा लगाइएका बर्षे अन्न बाली धान १ हजार ५ सय ५९ मेट्रिक टन, मकै २ सय ९२ मेट्रिक टन, कोदो १३ सय १६मेट्रिक टन, फापर २ सय ६२ मेट्रिक टन, सिमी ३ सय ३४ मेट्रिक टन चिनो १ सय ६५ मेट्रिक टन, कागुनो ६ सय ३५ मेट्रिक टन उत्पादन भएको छ ।

यो बिगतका बर्षहरु भन्दा यो बर्ष समयमा आकासे पानी परेको, सुधारिएको गोठेमल तथा कम्पोष्ट मल प्रयोग तथा अन्न बालीका रोग तथा किराको प्रकोप कम भएका कारण अन्नबाली उतपादनमा बृद्धि भएको जिल्ला कृषि विकास कार्यालय मुगुले जनाएको छ । यो बर्ष धान खेतीमा १० प्रतिशत, मकै ५, कादो ७, फापर ५, सिमी १० चिनो ५ र कागुनो ५ प्रतिशतले बुद्घि भएको जिल्ला कृषि बिकास कार्यालयका निमित्त कार्यालय प्रमुख धर्मबहादुर शाहीले बताउनुभयो ।

मुगुको ४ वटा भेगमा फरक फरक हावा पानी भएकाले यहाँ फरक फरक अन्नबाली हुने गर्दछ । यस बर्ष अन्नबाली उत्पादन बृद्धि भएसंगै किसानहरु भोकमरीमा नपर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV