१५ कार्तिक २०७४, बुधबार

मोरङ । घरेलु काममा लगाउने भन्दै सडक बालकहरुलाई भारतमा लगेर बेच्ने गिरोहका एक जना भारतीय सहित ३ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

जोगबनी नाका हुदै भारततर्फ लैजान लागेको अवस्थामा तीन जना बालकहरु सहित भारत मुरदबाका मंजित सिंह र सुनसरी इटहरीका राजु भण्डारी र सुरज ऋषिदेवलाई पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक अरुण कुमार बिसीले जानकारी दिनुभयो ।

उनीहरुले नेपालबाट भारतीय बोर्डर सम्म लगे वापत प्रति बालक १ हजार ५ सय रुपैया र बोर्डरबाट सम्बन्धित व्यक्ति सम्म पु¥याए वापत ४ हजार भारतीय रुपैयाँ पाउने गरेका थिए । मुख्यतया सडक बालकहरुलाई खोजी खोजी भारत लैजाने गरेको उनीहरुले स्वीकारेका छन् ।

अहिले सम्म पूर्वाञ्चलका १० जना सडक बालकहरुलाई उनीहरुले भारतको विभिन्न ठाँउ पु¥याईसकेको प्रहरीले जनाएको छ । उनीहरु विरुद्ध मानव बेचबिखन अन्तर्गत मुद्दा चलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV