१५ कार्तिक २०७४, बुधबार

बसन्त खतिवडा

पर्साको बीरगञ्जमा हरियो तरकारीको भाउ अचाक्ली बढेको छ । मूल्य बढेसंगै उपभोक्तालाई दैनिकी चलाउनै समस्या परेको छ । बाढीले मधेशका तरकारी खेतीमा पुर्याएको क्षति र चाडवाडले गर्दा यतिवेला बीरगञ्जको बजारमा तरकारीको मूल्य बढेको हो ।

मूल्य बढ्दा भान्सा अचाक्ली महँगिएको उपभोक्ताहरु बताउँछन् । दुईथोक तरकारी पाक्ने भान्सामा अहिले एउटा तरकारी पाक्न पनि मुस्किल पर्न थालेको उपभोक्ताहरु गुनासो छ । काउली, मुला, गोलभेडा, भान्टा, काक्रो, लौका, भिन्डी, साग लगायतका तरकारीको भाउ बढेपछि उपभोक्ता मारमा परेका हुन् । अझ व्यापारीले मनोमानी ढंगले मूल्य बृद्धि गरेको उपभोक्ताको भनाई छ ।

यता तरकारीको मूल्य महँगो भईरहदा व्यापारीहरु भने मालामाल बनेको अवस्था देखिएको छ । तर व्यापारीहरुले भने उपभोक्ताले मंहगो भन्दै तरकारीमा बार्गेनिङ गर्ने गरेको गुनासो गर्दै आएका छन् ।

अहिले वीरगंजमा गोलभेँडा १ सय ६० रुपैयाँ प्रतिकिलो छ भने काउली एक सय रुपैयाँ छ । यसै गरी काक्रो प्रतिकिलो ८० रुपैयाँ, मूला ४० रुपैया , भान्टा ८० रुपैयाँ रहेको छ । बोडी, चिप्लेभिण्डीहरु पनि बजारमा आउन थालेको छ । जिल्लाकै ग्रामीण क्षेत्र र भारतीय शहर रक्सौलबाट आउने गोलभेडाको भिन्दा भिन्दै दर रेट रेहको छ । लोकल गोलभेंडा १६० रुपैयाँ छ भने भारतीय गोलभेडा १२० रुपैया रहेको छ । बीरगञ्ज्मा रहेका मिनाबजार, नगवा बजार, बिर्ता बजार, श्रीपुर लगायतका बजारमा यतिबेला तरकारीको भाउ बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV