१५ कार्तिक २०७४, बुधबार

काठमाडौँ । अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन सम्भावनाबारे प्रचार–प्रसार गर्न नेपाल पर्यटन बोर्डले चालू आर्थिक वर्षमा सीएनएन र लोन्ली प्लानेटसँग सम्झौता गर्ने भएको छ ।

सीएनएन र लोन्ली प्यानेट संस्थासँग प्रति संस्था साढे ३ करोड रुपैयाँका दरले सम्झौता गरिने बोर्डले जानकारी दिएको छ । केही दिनअघि मात्र बोर्डको बजेट पारित भएकाले अब सम्झौताका लागि आवश्यक प्रक्रिया शुरू गरिने बताइएको छ ।

गतआर्थिक बर्षमा बोर्डले नेपालको पर्यटन प्रवद्र्धनका लागि बीबीसीसँग ६ महिनाका लागि ६ लाख ५० हजार डलर, रोयटर्ससँग ३ महिनाका लागि ७५ हजार डलर र ट्रिप एडभाइजरसँग १ वर्षका लागि २ लाख ५० हजार डलर दिने गरी सम्झौता गरिएको थियो ।

त्यस्तै डिजिटल मार्केटिङलाई पनि प्राथमिकतामा राखेको पर्यटज बोर्डले जनाएको छ । प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र विश्वस्तरीय ट्राभल साइटमा गरिएको प्रवद्र्धनले नेपालको पर्यटन प्रवद्र्धनमा ठुलो टेवा पुर्याउने अपेक्षा बोर्डले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV