१५ कार्तिक २०७४, बुधबार

काठमाडौँ । राष्ट्रिय बाणिज्य बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७० करोड ९५ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले अघिल्लो बर्षको तीन महिनामा ५० करोड ८ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकले एक खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ६ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ । अघिल्लो बर्षको यहि अवधिमा बैंकले एक खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८५ अर्ब ९८ करोड रुपैयाँ ऋण लगानी गरेको थियो ।

बैंकले पहिलो तीन महिनामा एक अर्ब ७४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने अघिल्लो वर्षमा यस्तो आम्दानी एक अर्ब २९ करोड रुपैयाँ रहेको छ । बैंकको चुक्ता पूँजी ८ अर्ब ५८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा तीन अर्ब ८२ करोड रुपैयाँ रहेको छ ।

बैंकको पूँजी कोष अनुपात एक आर्थिक वर्षमा ११ दशमलव ५३ प्रतिशतबाट बढेर १२ दशमलव ०९ प्रतिशत पुगेको छ । बैंकको खराब कर्जा एक वर्ष ३ दशमलव ३० प्रतिशतबाट घटेर २ दशमलव ९२ प्रतिशतमा झरेको छ । बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ रहेको छ ।

यस्तै जनता बैंक नेपालले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा छ करोड ४८ लाख रुपैयाँ नाफा गरेको छ । बैंकको अघिल्लो वर्षको यहि अवधिमा छ करोड ३९ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले ५२ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ७३ करोड रुपैयाँ ऋण लगानी गरेको थियो। बैंकले खुद ब्याज आम्दानी ३५ करोड ८४ लाख रुपैयाँ गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV