१५ कार्तिक २०७४, बुधबार

अनुप प्रकाश पौडेल

कास्की । पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापना गरिनु पर्ने माग राख्दै पोखरा न्युरोडमा रहेको महानगरपालिकाको परिसरमा रिले अनसन शुरु भएको छ । पृथ्वी नारायण शाहको शालिक पुनःस्थापना संर्घष समितिले कार्तिक १५ गतेदेखि २० गतेसम्मका लागि रिले अनसन शुरु गरेको हो ।

बुधबार बिहानबाट शुरु अनसनमा क्षेत्री समाज नेपालका अध्यक्ष प्रा.डा.दिलबहादुर क्षेत्रीको नेतृत्वमा नौ जना सहभागी भएका छन् । गणतन्त्र स्थापना पश्चात पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको शालिक हटाएर शहीद लखन थापाको राखिएको थियो । पोखरा लेखनाथ महानगर पालिकाले केही समय अगाडि ट्राफिक व्यवस्थापनका लािग आइल्याण्ड सानो पार्ने भन्दै लखनको शालिक हटाएको थियो ।

पृथ्वी राजमार्गको वीचमा रहेको आइल्याण्डले धेरै क्षेत्र ओगटेर यातायात सञ्चालनमा समस्या ल्याएको थियो । महानगरले शहीदको शालिक हटाएको भन्दै विरोध भए पछि पुन त्यहाँ लखनको शालिक राखिएको छ । यता संघर्ष समितिले भने पुरानै शालिक राखिनु पर्ने अन्यथा आन्दोलनका चरणवद्ध कार्यक्रम ल्याउने घोषणा समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV