१५ कार्तिक २०७४, बुधबार

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णय कार्यान्वयनमा रोक लगाउने आदेश जारी गरेको छ ।

सरकारी मापदण्ड अनुसार काठमाडौं नेसनलको शिक्षण अस्पताललाई सञ्चालन गर्ने क्षमता नभएको भन्दै विश्वविद्यालयलले गरेको निर्णयलाई कार्यान्वयन नगर्न भन्दै मेडिकल कलेजको पक्षमा अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले अवैध रुपमा चलेको काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

मेडिकल कलेजका लागि ३ सय शय्या क्षमताको अस्पताल अनिवार्य भएपनि अस्पताल स्थापना र सञ्चालनका लागि सरकारले तोकेको मापदण्ड अनुसार नभएको भन्दै त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्न नमिल्ने जनाएको थियो ।

स्वास्थ्य मन्त्रालयको ‘स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्दे्शिका, २०७३ (दोस्रो संसोधन)’ अनुसार घट्टेकुलोको २ रोपनी १० आना १ दाम जग्गामा बनेको उक्त अस्पतालमा बढीमा ४५ शय्याको अस्पताल मात्र चलाउन मिल्ने देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV