१५ कार्तिक २०७४, बुधबार

सवारी दुर्घटनामा पछिल्लो समय धेरै मानिसले ज्यान गुमाए । दुर्घटनाको शिकार कोही पनि व्यतिm जहिले पनि हुन सक्छ तर हाम्रो मुलुकको कथा बेग्लै छ । यहाँ यात्रुको सुरक्षा भन्दा व्यवसायीहरुको सिण्डीकेट ठुलो छ । क्षमता भन्दा बढि यात्रु राख्ने,राजमार्गमा चेकजाँच गर्नेसँग सेटीङ मिलाउने कसैले रोक्न छेक्न र नियमन गर्न खोजे आन्दोलन गर्ने,सुविधा सम्पन्न,सुरक्षित सवारीहरु कसैले ल्याए तोडफोड गरी व्यवसाय छोडेर भाग्न बाध्य पार्ने अनि अर्काको ज्यानको एक रती परवाह नगरी मन लाग्दी गरेर पैसा कमाउने ।

भटाभट एउटा बाट २ ओटा २ वटा बाट ४ वटा र ४ वटाबाट ८ वटा गरी गाडी किन्ने । रातारात धनाड्य हुने । गाडी खसेर ध्वस्त भए इन्सुरेन्सले तिरीहाल्छ । कसैको सिउदो पुछियोस,कसैको बालबचेरा टुहुरा होउन,कसैको कोख उजाडीयोस,कसलाई मतलब ? पैसाको स्वाद चाखेकालाई बाँकी सबै स्वाद तितो र अलिनो लाग्ने रहेछ । दुर्घटना कुनै निम्ता दिएर आउँदैन तर हाम्रो हेलचक्रयाई, प्रत्येक दिन यात्रुहरुलाई मुत्युको निम्तो कार्ड बाडिरहेको छ । लामो दुरीमा चल्ने सवारीहरुको कुनै चेक जाँच हुँदैन । ड्राइभरको अनुभव हेर्ने एउटा संयन्त्र छैन,स्पीड लिमिटको साइन छैन ,ओभर स्पीड गरेको हेर्ने ट्राफिक प्रहरी छैनन् । दुई चार करोडमै स्पीड गर्न,सिसी क्याम,लाइभ स्पीड अलर्ट जस्ता प्रविधी सहजै पाइन्छन, न ज्ञान छ न ध्यान छ । १००/२०० सय मानिस राजमार्गमा अनुगमन गर्न राख्न सकिन्छ । २ दिन अगाडी अनुमती लिएका ड्राइभरका सहयोगीले कहाली लाग्दो बाटोमा गाडी हुइकाउँदा हेर्ने संयन्त्र छैन । मान्छे मार्न राखिएको पासो र धराप मै बर्षौ कमिशनको चक्करमा बन्न नसकेका सडक छन् ।

यि सबै कुरा विचार गर्ने हो भने अधिकांश एक्सीडेन्ट हरु आकस्मिक दुर्घटना होइनन्। सडक विभाग,लोभ र लालचले सडेका ठेकदारहरु, पैसा बाहेक केही नदेख्ने यातायात व्यवसायी,केही लापरवाह सवारी चालक,प्रहरी प्रशासन आदि सबै मिलेर थापेको मुत्यु कुण्ड हो जहाँ कुनैपनि दिन यात्रा गर्नेहरुलाई पासोमा पारिन्छ र हरेक बर्ष मारिन्छ । नारीहरु विधवा बनाइन्छन्, बालबालीका टुहुरा बनाइन्छन् र आमाबाबुको काख रित्याइन्छन । कति मानिस मार्नुहून्छ ? कतिले बलिवेदीमा चड्न पर्ने यो देशमा ? इतिहास देखी वर्तमान सम्म फररर झण्डा हल्लाएर यो देशका यातायात व्यवस्था मन्त्री बनेकाहरुलाई अकालमा ज्यान गुमाएका एक एक व्यतmीको आत्माले सराप्ने छ ,एक एक जनालाई ।

LIVE TV