१४ कार्तिक २०७४, मंगलवार

काठमाडौं  । नेपाल विद्युत प्राधिकरणले विद्युतको बिलमा लिने गरेको सेवा शुल्क हटाउने भएको छ । गएको कार्यक्रममा हामीले नेपाल विद्युत प्राधिकरणले सेवा ग्राहीबाट सेवा शुल्क लिने गरेको बिषय उठाएका थियौँ ।

२०७३ भदैबाट नेपाल विद्युत प्राधिकरणका उपभोतmाले खपत गरेको विद्यूत महशुल बाहेक सर्भिस चार्ज अर्थात सेवा शुल्क शिर्षक राखेर ३० रुपयौँ देखी १७५ रुपयौँ सम्म लिइरहेको छ । यस बिषयमा हामीले प्राधिकरणका उप कार्यकारी निर्देशक सुनील कुमार ढुङगेलसँग लाइभमा कुरा गरेका थियौँ ।

खासमा कुनै पनि सार्वजनिक सेवामा सर्भिस चार्ज अर्थात सेवा शुल्क लिन पाइदैन । तर बिद्युत महशुल निर्धारण आयोगले यति सानो कुरा पनि नबुझी गत सालबाट सेवा शुल्क शिर्षक राखेको पाइएको छ । यो सर्भिस चार्ज लागु हुनु पुर्व मिटर रिडीङ गर्ने समयमै न्युनतम शुल्क समावेस गरे बिल काट्ने गरेको थियो तरगत बर्षबाट मात्रै बिद्युत महशुल निर्धारण आयोगले सर्भिस चार्ज उल्लेख गरेर लिन सिफारीस गरेको थियो । अव भने विद्युत प्राधिकरणले त्यो सेवा शुल्क हटाउने छलफल शुरु भएको विद्यूत प्राधिकरणका उप कार्यकारी निर्देशक सुनिल ढुङगेल बताए ।

विद्युत प्राधिकरणले सर्भिस चार्ज शिर्षक मात्र हटाउन लागेको तर उक्त शिर्षको पैसा अन्य शिर्षकमा जोडेर उपभोक्तालाई उत्तीनै रकम तिराउने संकेत देखिएको छ । विलमा शिर्षक बदलिनु ठुलो कुरा होईन उपभोक्ताले तिर्ने रकम कम हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV