१४ कार्तिक २०७४, मंगलवार

काठमाडौं। संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल राजपाले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको लागि प्रदेश नम्बर २ मा सिट बाँडफाँट टुंग्याएका छन् । दुई दलको बैठकले २ नम्बर प्रदेशमा प्रतिनिधिसभातर्फ संघीय समाजवादी फोरमले १७ र राजपाले १५ सिट पाउनेगरी सहमति गरेको हो ।

मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेश सभाका लागि निर्वाचन हुने स्थानमा आपसी तालमेल गरेर जाने सहमति भएको हो । शीर्ष नेता बसेर मंगलवार टुंगो लगाए अनुसार प्रतिनिधिसभाका लागि प्रदेश २ का कुल ३२ निर्वाचन क्षेत्रमध्ये उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले १७ सिटमा प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै, राष्ट्रिय जनता पार्टी, नेपालले १५ सिटका लागि प्रतिस्पर्धा गर्ने छ ।

नेपाली कांग्रेससँग चुनावी तालमेल हुन नसकेपछि तराइमा २ पार्टीले संयुक्त उम्मेद्वार उठाउने निर्णय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV