
गुल्मी । नेकपा एमालेका सचिव गोकर्ण विष्टले बाम गठबन्धनले अब देशमा स्थायी सरकार बन्ने र आउँदो प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा दुई तिहाई मत ल्याएर चुनावपछि प्रचण्ड र केपी ओली राष्ट्रपति र प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।
गुल्मीको सदरमुकाम तम्घाँसमा मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै सचिव विष्टले देशको माग अनुसार निर्माण भएको गठबन्धनले कसैको हानि गर्न नभई लोकतन्त्रलाई थप मजबुत पार्न र बिकासको मार्ग कोर्न भएको बताए ।
विष्ट गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार हुन् ।