१४ कार्तिक २०७४, मंगलवार

काठमाडौं । ओखलढुंगाका उज्ज्वन कुमार श्रेष्ठको हत्याको अभियोग लागेका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेपछि श्रेष्ठकी दिदी सावित्रीले न्याय पाउन लामो समयसम्म अदालतसँग भिख माग्नुपरेको बताइन् ।

ओखलढुंगाका उज्ज्वन कुमार श्रेष्ठको हत्याको अभियोगमा सर्वोच्चबाट सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका माओवादी नेता बालकृष्णलाई पक्राउ गर्नुको साटो उल्टै सभा समारोहहरुमा देखीन थालेको तथा प्रहरीका उच्च अधिकारीसँग हिमचिम बढ्दा पनि पक्राउ नपरेका ढुङ्गेल समातिएको  खवरले साबित्री यो सत्य हो वा होईन छुट्याउन सकिरहेकी छैनन् ।

हत्यारालाई पुरै सजाय हुनुपर्ने,सत्ता तथा अन्य कुनै प्रलोभनमा परेर सजाय छुट नहुने हो भने म देशमा न्याय मरेको रहेनछ भन्ने छु, सावित्रीले रुँदै भनिन्-” हत्याराले पूरा सजाय भोगोस्”।

 

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV