१४ कार्तिक २०७४, मंगलवार

सुजाता मिश्र

आज हरिबोधनी एकादशी, यस एकादशीलाई अरु एकादशी भन्दा विशेष रुपले मान्ने गरिन्छ ।हरिबोधिनी एकादशी, वर्षमा पर्ने चौबीसवटा एकादशीमध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण एकादशी हो। त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ।

आषाढ शुक्ल पक्षको एकादशी लाई हरिशयनी एकादशी भनिन्छ । यस दिनदेखि भगवान विष्णु ४ महिना सम्म शयन गर्ने भएकाले यस दिनलाई हरिशयनी एकादशी भनिएको हो ।आषाढ शुक्ल पक्षको एकादशीको दिन सुतेर आजको दिन विष्णु उठ्ने भएकाले आजको एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ ।

यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने कुरा भगवान् कृष्णले युधिष्ठिरलाई बताएका छन्।
हरिबोधनी अर्थात ठूलो एकादशी पर्वमा हिन्दू धर्मावलम्बीहरूले ब्रत बसी भगवान नारायणको पूजाअर्चना गरी मनाउँछन्। यस अवधिभर नेपालको प्रसिद्ध तीर्थस्थल वराहक्षेत्रमा मेला लाग्दछ।बुढानीलकण्ठ लगायत उपत्यकाका चार दिशामा रहेका चार नारायणका मन्दिरमा ठूलो मेला लाग्छ।

माहाभारत ग्रन्थका अनुसार कहिले पनि भोको बस्न नसक्ने भीमसेनले पनि यस दिन व्रत गरेको मानिन्छ । अरु दिनमा उपवास गर्न नसके पनि एकादशीको दिन व्रत गर्नु भनेर हिन्दुधर्म शास्त्रहरुमा वर्णन गरिएको छ । मानिस भएर जन्मेपछि एकादशीको व्रत अनिवार्य रुपमा गर्नुपर्छ । यदी सबै एकादशीमा व्रत बस्न अनुकुल हुँदैन भने हरिबोधनी एकादशीको दिन अनिवार्य रुपमा व्रत बस्नुपर्दछ भनेर शास्त्रहरुमा वर्णन गरिएको छ ।

हरिशयनी एकादशी ९असार शुक्ल एकादशी० का दिन आ(आफ्ना घरमा रोपिएका तुलसीलाई पूजाआजा गरी मठ सिङ्गारेर विधिपूर्वक विवाह गराउने गरिन्छ भने गाउँ घरमा श्रद्धालु भक्तहरू ब्राह्मणद्वारा द्वादशीदेखि पञ्चमीसम्म होम यज्ञ गराई एकादशी ब्रतको उद्यापन गर्ने गर्छन्।

हिन्दूहरू तुलसी, पिपल, दुबो र शालिग्रामलाई भगवान विष्णुको प्रतीकका रूपमा मान्छन्।
चिकित्सकहरूकाअनुसार तुलसीमा ८९ रोग निको गर्ने क्षमता छ। यसमा पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्वका छन्। यसले भोक जगाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झाडा-वान्ता पनि रोक्ने कार्य गर्दछ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV