१४ कार्तिक २०७४, मंगलवार

काठमाण्डौ । यु-१९ एसिया कप फुटबल छनौटमा नेपालले सोमबार किर्गिस्तानसँग खेल्दैछ ।

यस्तै नेपालले १६ गते बहराइनसँग, २२ गते ओमनसँग खेल्नेछ । यस्तै १० वटा समूहबाट विजेता र उत्कृष्ट ६ उपविजेता इन्डोनेशियामा हुने १९ वर्षमुनिको एसिया कपमा छनौट हुने छन् ।

अर्पण कार्की कप्तान रहेको टोलीमा गएको महिना भुटानमा भएको १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि जित्ने अधिकांश खेलाडी समावेश छन् ।आजको यो खेल बिहान पौने १२ बजे किर्गिस्तानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV