१३ कार्तिक २०७४, सोमबार

उमेशराज अवस्थी

खेल मैदानको अभाव भएपछि कञ्चनपुरको बेदकोट नगरपालिका २ का युवाहरुले आफै खेलमैदान निर्माण गरेका छन् । कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं २ जडेपानीमा स्थानीय युवाहरु मिलेर खेल मैदान निर्माण गरेका हुन् ।

खेल मैदान नहुँदा खेलाडीहरु कहिले विद्यालयको मैदान कहिले बाझो जमिनमा खेल्नु पर्ने समस्या झेल्नु पर्दथ्यो । घर भन्दा पांच छ किलोमिटर टाढा रहेका खेल मैदानमा सधै खेल्न गाह्रो र कठिन हुने गर्दथ्यो । घर नजिकै मैदान बन्दा बिभिन्न खेलहरु खेल्न सकिने खेलाडीहरु बताउछन ।

खेलमैदानमा बेदकोट नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष नरेशबहादुर सिहले ५० हजार रुपैयाँ बजेट छुटयाए पछि युवाहरुमा झन हौसला थपिएको छ । आफनो वडामा खेल मैदान नभएको र खेल खेल्नकै लागि युवाहरुले टाढा जानुपर्ने भएकोले खेलाडी युवाहरुको भविष्यलाई ध्यानमा राखेर वेदकोट नगरपालिका २ नम्बर वडाले सक्दो सहयोग उपलब्ध गराएको सिंहको भनाइ छ । खेल मैदान निर्माण भएपछि आफुहरुलाई खेल्न सहज भएको भन्दै युवाहरु दङ्ग बनेका छन् ।

LIVE TV