१३ कार्तिक २०७४, सोमबार

प्रियालक्ष्मी कार्की

साहस स्पोर्टस् प्रालिले नेत्रहीन क्रिकेट टोलीलाई प्रायोजन गरेको छ । साहस स्पोर्टस्का अध्यक्ष एवंम् प्रबन्ध निर्देशक जनक न्यौपाने र नेपाल नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता तीन वर्षको लागि गरिएको हो ।

केहि समय यताबाट नेपाली खेलकुद जगतका विभिन्न खेललाई प्रायोजन गर्दै आएको खेल पोशाक उत्पादक कम्पनी साहस स्पोट्र्सले अव आउदो सन् २०१८ को जनवरीमा आयोजना हुने नेत्रहिन विश्व कप क्रिकेट प्रतियोगितामा भाग लिने तयारी गरिरहेको नेपाली नेत्रहिन क्रिकेट टिमलाई प्रायोजन गरेको हो ।

अव नेपाली नेत्रहिन क्रिकेट टोलीले अन्तर्रािष्ट्रय क्रिकेटमा भाग लिदा आवश्यक खेल्ने र अभ्यासका समयमा आवश्यक पर्ने जर्सी सेट लयागत खेलकुद सामग्री साहसले उपलब्ध गराउनेछ । विश्वकप प्रतियोगिताका लागि साहस स्पोर्टसले टोलीका खेलाडी, प्रशिक्षक र अन्य अफिसियल गरि २१ जनालाई आवश्यक सामग्री प्रदान गर्ने छ ।

साहसका अध्यक्ष न्यौपानेले नेत्रहिन क्रिकेट टोलीलाई प्रायोजन गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिदै आउने दिनहरुमा यसलाई अझ निरन्तरता दिने बताए । अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल नेत्रहिन क्रिकेट टोलीले पहिलो पटक एकदिवसीय विश्व कप खेल्दैछ । यसअघि नेत्रहीन क्रिकेट टोली २ टि–२० र एक पटक एसिया कप खेलेको थियो ।

पाकिस्तान नेत्रहिन क्रिकेट परिषद्को आयोजना तथा विश्व नेत्रहिन क्रिकेट परिषद्को सहआयोजनामा पाँचौं एक दिवशीय नेत्रहिन क्रिकेट विश्व कप पाकिस्तान र युएईले आयोजना गर्दै छ । जनवरी १० देखि २५ सम्म हुने विश्व कपका लागि नेपाली खेलाडीको छनोट केहि दिनमा हुने संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV