१३ कार्तिक २०७४, सोमबार

सुवास गौतम

प्रदेश र प्रतिनिधिसभाको मंसिर १० गते हुने पहिलो चरण निर्वाचनका लागि मतदान गर्न आम मतदाताहरु उत्साहका साथ प्रतीक्षामा छन् । दश सक्रमणकालवाट वल्ल संविधान कार्यान्वयनको समयमा आउँदा जनताहरुमा केही उत्साह पलाएको पनि पाइएको छ ।

अवको निर्वाचनबाट आउने जनप्रतिनिधिले समग्र जिल्लाको विकास र निकास देलान भन्नेमा बागलुङका मतदाता आशावादी देखिएका छन् । बागलुङ जिल्लाको समग्र विकास संगसंगै शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटनको विकास गर्ने गरी उमेद्वारहरु जनताको घर दैलोमा गएको अवस्था छ । आम जनतालाइ युवा स्वरोजगार, महिलाको अधिकारको सुनिश्चितता हुनेमा आशावादी देखिएका छन् ।

प्रतिनिधिसभाको २ निर्वाचन क्षेत्र र प्रदेशसभाको ४ निर्वाचन क्षेत्र रहेको बागलुङ जिल्लामा १ लाख ६७ हजार २ सय ८२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यलयले बताएको छ । जिल्लाको निर्वाचनका लागि १५ सय २९ जना कर्मचारी, ८ सय ९२ म्यादी प्रहरी र नेपाल प्रहरी, नेपाली सेना र ससस्त्र प्रहरी खटाएको जर्नाको छ । आयोगले ३२ वटा हिमाली तथा पहाडी जिल्लाको निर्वाचन पहिलो चरणमा राखेको छ भने बाँकी ४५ जिल्लामा दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुने छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV