१३ कार्तिक २०७४, सोमबार

काठमाडौँ । आपूर्ति ब्यवस्थापन मन्त्रालयले सोमवार नेपाल आयल निगमका कार्यकारी निर्देशकमा सुशील भट्टराईलाई नियुक्त गरेको छ । निगमको दशौ तहमा कार्यरत भट्राईलाई प्रमुखको जिम्मेवारी दिइएको हो ।

निगमको तत्कालिन कार्यकारी निर्देशक गोपाल खड्कालाई मन्त्रालयमा हाजिर गराए पछि भट्टराईलाई नियुक्त गरिएको हो । सरकारले नेपाल आयल निगमको जग्गा खरिद विवादमा मुछिएको आरोपमा तत्कालिन कार्यकारी निर्देशकलाई कारवाही गरेको छ ।

जग्गा खरिद अनियमितता प्रकरणमा आरोपित खड्कालाई आपूर्ति मन्त्रालय तानेसँगै हाल निमित्त नायव कार्यकारी निर्देशक रहेका भट्टराईलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो । निगमको जग्गा खरीद प्रकरणमा तत्कालिन निर्देशक खड्कासँग अन्य उच्च ब्यवस्थापक र केही कर्मचारीको प्रत्यक्ष सम्लग्नता रहेको आशँका गरिएको छ । यसअघि खड्का बर्खास्तीमा परेसँगै आपूर्ति मन्त्रालयका उपसचिव प्रेम आचार्यलाई निगम प्रमुखको जिम्मेवारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV