१३ कार्तिक २०७४, सोमबार

काठमाडौँ । हरेक वर्ष हरिबोधनी एकादशीको दिन बुढानिलकण्ठ मन्दिरमा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । बूढानिलकण्ठ क्षेत्र विकास समितिले विष्णु भगवानको पवित्र तीर्थस्थलको रुपमा रहेको बुढानिलकण्ठमा हरेक वर्ष मेला लगाउदै आएको छ ।

काठमाडौँ उपत्यकामा रहेका चार नारायणमध्ये बूढानिलकण्ठ नारायण पनि एक हो । धार्मिक मान्यता अनुसार चार नारायणको दर्शन गरेपछि बुढानिलकण्ठ नारायणको दर्शन गर्नुपर्ने मान्यता रहेको छ । बूढानिलकण्ठ मन्दिर परिसरमा हरिबोधनी एकादशीको दिनदेखि पुर्णिमासम्म लाग्ने मेलाको लागि आवश्यक पर्ने व्यवस्थापकीय लगायत अन्य तयारी पूरा भएको आयोजकले जनाएको छ । मेलामा भक्तजनहरुलाई मन्दिरको दक्षिण ढोकाबाट भित्र छिर्ने व्यवस्था गरिएको छ ।

मेलामा भक्तजनहरुले हिड्दा हिँड्दै विष्णु भगवानको पुजा गरेर प्रसाद लगाई मन्दिर बाहिर निस्कने व्यवस्था गरिएको छ । बूढानिलकण्ठमा रहेको नारायण मन्दिरलाई हिन्दु र बौद्ध धर्ममार्गीहरुको साझा देवताका रुपमा लिने गरिन्छ । हरिबोधनी एकादशीका दिन भगवान विष्णु जलाशयबाट विउँझिने र सोही दिन हरिशयनी एकादशीमा रोपिएको तुलसीसँग विवाह गराई दिने प्रचलन रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV