१३ कार्तिक २०७४, सोमबार

काठमाडौँ । साताको दोस्रो दिन शेयर बजार मापक सूचकसँगै कारोबार रकमसमेत घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक ३ दशमलव ५१ अंकले घटेर १ हजार ५ सय ३६ दशमलव ७२ अंकमा कारोवार भएको छ ।

आइतबार करिब ५० करोड रुपैयाँको कारोबार भएको शेयर बजारमा सोमबार कारोबार रकम ४५ करोडमा झरेको छ । १५६ कम्पनीका करिब १५ लाख कित्ता शेयर किनबेच भएका छन्। सबैभन्दा बढी ज्योति विकास बैंकको संस्थापक शेयर खरिद बिक्रि भएको छ । बैंकको दुई करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा आएका जलबिद्युत कम्पनीको बाहेक सबै उपसुचक घटेका छन् । बैंक १ दशमलव ३६, ट्रेडिङ ५ दशमलव ९१, होटल २ दशमलव १२, विकास बैंक १२ दशमलव ८३, फाइनान्स २ दशमलव ३२, बीमा ३१ दशमलव ७८, उत्पादनमुलक ९ र अन्य समूह २ दशमलव ८९ अंकले घटेका छन् । जलबिद्युत ७ दशमलव ६१ अंकले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV