१३ कार्तिक २०७४, सोमबार

१३ कार्तिक, काठमाडौं । प्रधानमन्त्री पत्नी तथा कांग्रेस नेतृ आरजु राणा देउवा कैलाली ५ बाट प्रत्यक्ष चुनाव लड्ने भएकी छन् ।

कांग्रेस संसदीय समितिको सोमबार बसेको बैठकले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी आरजुलाई कैलाली ५ मा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

दोस्रो संविधानसभामा डडेलधुरासँगै कैलाली ५ बाट विजयी भएका प्रधानमन्त्री देउवाले कानुनी प्रावधान दुई मध्ये एक क्षेत्र एउटा क्षेत्र छोड्नु पर्ने भएर कैलाली ५ छाडे छाडेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV