१३ कार्तिक २०७४, सोमबार

आज भन्दा करिब २५ बर्ष अघि युवावस्थामा विरानो भुमी तिब्बतको ल्हासा छिरेका आवाजमान बज्राचार्य यतिबेला सफल व्यवसायीको रुपमा स्थापित छन् । इमान्दार, विश्वासी र मेहेनती बनेर कामगर्न सके सफल हुन सकिने उनको २५ बर्षिय व्यवसायिक यात्राले देखाएको छ ।

२५ बर्ष अघि अर्थात सन् १९९२ मा ब्यावसायका लागि तिब्बत छिरेका उनले त्यहाँ होटल ब्यवसाय हुदै सुन ब्यापारीको रुपमा आफनो बलियो आर्थिक हैसियत बनाएका छन् । उनको अहिले त्यहाँ‘थर्ड आई इन्भेष्टमेन्ट’कम्पनी रहेको छ । जस अन्र्तगत सुनको पसल, होटल तथा रेष्टुरेन्ट ब्यवसाय सञ्चालनमा रहेका छन् । उनको सुन व्यवसाय भने सबै भन्दा सफल छ । जसले गर्दा यति वेला उनी करौडौको मालिक बन्न सफल छन् ।
काठमाण्डौको नेवारी परिवारमा जेन्मीएका उनी सानै देखि आत्मविश्वासी एवं स्वाभिमानी प्रकृतिका थिए ।

पारिवारीक भन्दा पनि आफनै पौरख र कठोर संर्घषले गर्दा सफल ब्यवसायिका रुपमा उदाएका उनको यतिवेला नेपाल र चीनमा गरेर ६ ओटा कम्पनी छन् । पढाइ लेखाइमा पनि उत्तिकै अब्बल उनले स्कुले जिवन पश्चात होटल क्यानेजमेन्ट पढेका हुन् । उनले होटल म्यानेजमेन्ट पढेर सुरुमा काठमाण्डौमा ‘भोइछे’ नामक रेष्टुरेन्ट चलाएका थिए ।

उनी बौद्धको तिब्तीयनहरुको सगंतले १९९२ मा तिब्बत छिरेकाहुन् । सुरुमा उनले तिब्बतमा होटल रेस्टुरेन्टको व्यापारमा हातहाले पनि पछि गएर उनी सुन ब्यवसायी भएका छन् । त्यो पनि उनी सुनको होलसेल ब्यापारी हुन् खुद्रा वाला होइनन् । नेपालका चर्चित सुन पसलेहरुले बज्राचार्यकै तिब्बतमा रहेको पसलबाट सुन खरिद गर्ने गरेको उनी बताउँछन् । यति वेला उनले सुन ब्यवसायमा मात्रै करिव करोडौं लगानी गरेका छन् ।

मिहिनत गरे सफलता टाढा नरहेको बताउने बज्राचार्य यति वेला आफु सफल ब्यवसायी भएकोमा खुशी छन् । उनको अधिंकास व्यावसायमा कर्मचारीहरु नेपाली रहेका छन् । साथै स्थानिय तिब्बतीयन र चाईनिजहरुलाई समेत रोजगारी दिएका छन् ।

व्यवसायीक संर्घषको दौरानमा एकपटक कारोबारमा निकै घाटा व्यहोर्न परेको र निकै नै कठिन अवस्थाको सामना गर्न परेको स्ंमरण गदै उहाँ जीवनमा ब्यापार व्यावसाय गर्छु भन्नेले कहिले पनि घाटाबाट तर्सिनु भन्दा कर्म गर्न छोडन नहुने बताउछन । फल स्वरुप उनी यति वेला सफल छन् ।

बावु आमाको पैसामा रवाफ देखाउने र जिवनभर आवारा भइ हिड्ने आधुनिक युवा पुस्ताले बज्राचार्यबाट धेरै शिक्षा लिन सक्छन् । किनकी उनी विना आधार आफनै पसिना र विवेकले सफल भएका हुन् । सवारी साधनमा निकै शोखिन उनि गीत संगीत, आधुनिक पहिरन र घुमघाममा अत्याधिक रुची रहेको बताउछन ।

घुम्नमा निकै रहर गर्ने बज्राचार्य १२ महिनामा ३ महिना त घुमघामा बिताउछन । करिव दुई दशक देखि विदेशी भुमीमा रहे पनि उनलाई नेपाली माटो नै प्यारो लाग्छ । त्यसकारण उनी नेपाल २–२ महिनामा आइरहन्छन् । नेपालमा पनि उनले होटल रेष्टुरन्ट लगायतमा क्रमश आफनो लगानी बढाउँदै लगेका छन् । त्यो क्रम लाई अझै निरन्तरता दिने उनी बताउँछन् ।

घुमघामको शिलसिलामा दर्जनौ मुलुक पुगेका उनले आगामी दिनमा युरोपमा नेपाली विशेषताको रेष्टुरेन्ट खोल्ने योजनामा छन् । त्यसैगरी उनले तिब्बतको ल्हासामा पनि नेपाली मौलिकताको रेष्टुरेन्ट तथा सटिङ सुटिङ खोल्ने योजनामा छन् । विहान ९ बजेदेखि बेलुकी १२ बजेसम्म नै काममा क्रियाशिल रहने उनी कर्मचारीहरुसँग भिजेर काम गर्छन् । उनी काम गर्नेहरुलाइ नठग्न भन्ने गर्छन । जसले जति मिहिनत गर्छ उसले कालान्तरम त्यति नै प्रतिफल पाउनेछ भन्नेमा उनलाई विश्वास छ ।

उनी अहिलेका युवा पुस्तालाई सल्लाह दिँदै भन्छन् ‘तपाईहरु जे गर्नुहुन्छ मिहिनतका साथ गर्नुहोस् । कसैप्रति बढता आशाबादी नभइ कर्म गर्नुहोस् । इमानदार बन्नु होस् अनि त सफलता कहाँ टाढा छ र ?।’

यसरी बज्राचार्यले यति वेला स्वदेशमामात्रै नभएर विदेशमा समेत आफुलाई सफल व्यवसायीको रुपमा स्थापित गरेका छन् । तिब्बतमा समेत त्यहाँको समुदाय सँग इज्वतीलो माया पाउन सफल छन् । युवा पुस्ताहरु माझ उनि उदाहरण बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV