१३ कार्तिक २०७४, सोमबार

रामगोपाल

शनिवार राति हावाहुरी संगै परेको असिना पानीले भक्तपुरको अन्न र तरकारीवालीमा क्षति पु¥याएको छ । असिना पानीले लगभग ८५ लाख रुपैयाँ बराबरको क्षति पुगेको बताइएको छ ।

भक्तपुर जिल्लाको ठिमी, झौखेल, दुवाकोट, चाँगु र छालिङ लगायतका क्षेत्र बढी प्रभावित बनेको बताइएको छ । किसानले लगाएका अन्नवाली तथा तरकारीवालीमा ८५ लाख रुपैया वरावरको क्षती पुगेको जिल्ला कृषि विकास कार्यालय भक्तपुले जनाएको छ । कृषि कार्यालयका अनुसार बढि मात्रामा असिनाले थिमी क्षेत्रमा क्षति पु¥याएको छ ।

असिनाले ठिमी क्षेत्रमा चम्सुर पालुंगो, गाजर, धनीया, लसुन, रायो साग लगायत हरिया सागसव्जीमा मात्रै ५० लाख रुपैयाँ वरावरको क्षती पु¥याएको छ । त्यस्तै झौखेल, दुवाकोट र चाँगु क्षेत्रमा एक सय रोपनी धान वालीमा क्षती पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV