१३ कार्तिक २०७४, सोमबार

अपूरणीय क्षति  :गोरखापत्र 

राजविराजबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक रात्रि बस पृथ्वी लोकमार्गमा पर्ने धादिङको गजुरी–५, बाङ्गेमोडमा शनिवार बिहान साढे ५ बजेतिर दुर्घटना

भारत, भुटान लगायतका दक्षिण एसियाली मुलुकको भन्दा निकै बढी दुर्घटना

सडक प्रयोगकर्ता (पैदल यात्रु) र सवारी चालक सवारी अनुशासन पालन गर्नु भनेको ट्राफिक प्रहरीका लागि हो भन्ने ठान्ने

राजधानीकै सडकमा क्षमताभन्दा बढी यात्रु चढाउँदा र तोकिएभन्दा बढी सिट बनाउँदा पनि नियन्त्रण हुन नसक्ने

सरोकारवाला निकायले इमानदारीपूर्वक जिम्मेवारी पूरा नगरिदिएकैले  सडक दुर्घटना र अपूरणीय धनजनको क्षति

मृत्युमार्ग : नागरिक

विकसित समाजमा भुइँ चिप्लो भए पनि सर्वसाधारणलाई अग्रिम जानकारी दिन सुचना राखिन्छ । हामीकहाँँ भने एउटा प्रकृतिका दुर्घटना बारम्बार भईरहँदा पनि
त्यसबाट सिकेर जनधनको क्षति रोक्ने काम हुँदैन ।

सडक दुघट्नाको कहालीलाग्दो अवसथा हाम्रा सन्दर्भमा यस्तै नियमित बन्न पुगेको छ ।

त्रिशुलीमा शनिबार भएको भयानक दुर्घटनामा ३१ जनाको दुःखद मृत्युले फेरि हाम्रो मुटु नराम्ररी हल्लिएको छ ।

राजविराजबाट पर्व सकेर फर्केका सर्वसाधारणको दुःदत निधनले सबैर्लाइ खल्लो पारेको छ ।

यस्तो पीडामा पर्नेलाई हुने अपुरणीय क्षतिले जिम्मेवार निकायलाई भने छोएको देखिएको छैन ।

तिनलाई छुन्थ्यो भने दुर्घटना नियमित आकसिमकता बनेर आईरहने थिएन ।

ती दुघटनामा ब्यक्ति चिन्ता र चासोका आधारमा सरकारले छानविन समिति पनि बनाउने गरेको छ । तर, छानविनबाट आएका सुझाव कार्यान्वयन गर्नुपर्ने आवश्यकता बोध सरोकारवाला नियकालाई कहिल्यै भएको छैन ।

 

 

कहिलेसम्म पीडाः नेपाल समाचरपत्र

शनिबार धादिङको घाटबेंसीमा भएको दर्दनाक बस दुर्घटनाका कारण सप्तरीको तिलाठी यति बेला शोकमग्न छ । दुर्घटनाले पूरै सप्तरीबासी शोकाकूल छन् ।

दुर्घटनामा परेर निधन भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न राजविराज नगरपालिकालगायत अधिकांश स्थानीय निकायले मातहतका सबै कार्यालय बन्द गरेका छन् । यस्तै शोक मनाउन जिल्लाभरिका शिक्षण संस्था बन्द गरिएका छन् भने जिल्लाका प्रमुख बजारहरू पनि सुनसान देखिएका छन् । मदन झाको परिवारमा निकै ठूलो वज्रपात परेको छ ।

दुर्घटनामा झा परिवारका ८ सदस्यको ज्यान गएको थियो । झाका छोरा आदित्य, छोरी सिमी, पूजा, भाउजू चन्द्रावतीका साथै तिलाठी निवासी ज्वाइँ सञ्जीत, उनका कान्छा भाइ मञ्जित, नाति अभिनव र प्रतीक गरी ८ जनाको ज्यान गएको हो ।

झा परिवार मात्र होइन यति बेला पूरै सप्तरी नै शोकमग्न छ । प्लास्टिकका बोरामा सजिएका शवको लर्कोले मृतकका आफन्तहरू मूच्र्छा परेको दृश्य कम कारुणिक छैन ।

एम्बुलेन्समा सञ्जीतसहित एकै परिवारका ५ जनाको मृत शरीर ल्याइएपछि गाउँभरि रुवावासी चलेको छ । दुर्घटनामा २ छोरा २ नाति र बुहारी गरी ५ जना गुमाएका ८० वर्षीय पिता रामानाथ पनि मूच्र्छित हुने र बौरिने गर्न थालेका छन् ।

सप्तरीमा मात्रै २७ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले सहसचिव मानबहादुर विश्वकर्माको संयोजकत्वमा छानविन समिति गठन गरेको छ ।

यो समितिले छिटोभन्दा छिटो छानविन गरी यथार्थ विवरण सार्वजनिक गरोस् पीडितको घाउमा मलम लगाओस् । यस्तो दुर्घटनाको सिकार कहीं कोही हुन नपरोस् ।

उम्मेदवारीमा महिला अवमुल्यनः अन्नपुर्ण

आगामी मंसिर १० का लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा महिला उम्मेदवारी अत्यन्तअ न्युन परेपछि राजनीतिक बौद्धिक बृत्तामा यसबार बहस सुरु भएको छ ।

पहिलो चरणमा प्रतिनिधिसभाको ३७ र प्रदेशसभाको ७४ सिटका लागि निर्वाचन हुँदैछ ।

प्रतिनिधिसभाका लागि जम्मा ३२३ जनाले उम्मेदवारी दिएकोमा १८ जना करिव ५.५ प्रतिशत मात्र महिला छन् भने प्रदेशसभाका लागि ४८४ जना उम्मेदवारमध्ये जम्मा २४ जना ५ प्रतिशतभन्दा पनि कम महिला छन् ।

महिला उम्मेदवारी सन्दर्भमा कांग्रेस, एमाले र माओवादी केन्द्र जस्ता लोकतन्त्र, समानता र समावेशीको लागी लडेको दावी गर्ने ठुला दल नै सबैभन्दा अनुदार देखिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV