१३ कार्तिक २०७४, सोमबार

डौं – राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले आफ्नो नाम समानुपातिक सूचीबाट हटाएका छन् । उनी प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवार हुने भएका छन्।

यसअघि राजपाले ठाकुरको नाम समानुपातिक सूचीमा पहिलो नम्बरमा राखेको थियो । तर आइतबार निर्वाचन आयोगमा बुझाएको संशोधनसहितको अन्तिम सूचीमा ठाकुरको नाम हटाइएको राजपाका नेताले बताएका छन् ।

ठाकुरलाई राजपाभित्रकै केही शीर्ष नेताले प्रदेश नम्बर २ को मुख्य मन्त्री प्रस्ताव गरेका छन् । यसबारे ठाकुरले भने केही बोलेका छैनन । तर ठाकुर प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने सम्भावना भएको राजपा नेताहरूले जनाएका छन् । राजापा प्रवक्ता सन्तोष मेहताले ठाकुर अब प्रत्यक्षतर्फ चुनाव लड्ने निश्चित भएको बताए । उनले भने, ‘उहाँ (ठाकुर) को नाम समानुपातिक सूचीबाट हटाइएको छ । अब उहाँ प्रत्यक्षमा चुनाव लड्ने निश्चित भयो।’ नागरिकसमाचार

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV