१३ कार्तिक २०७४, सोमबार

इराक । इराकको कुर्दिस्तानका राष्ट्रपति मसुद बर्जानीले पदबाट राजीनामा दिएका छन् । उनले कुर्दिस्तानलाई अलग स्वतन्त्र राज्य बनाउने संघर्षको नेतृत्व गर्दै आएका थिए ।

टेलिभिजनमार्फत् सम्वोधन गर्दै ७१ वर्षीय बर्जानीले राजीनामा दिएको घोषणा गरे । तर, राजीनामा दिए पनि स्वतन्त्र राज्यका लागि निरन्तर लडिरहने उनले बताएका छन् ।

कुर्दिस्तानमा २५ सेप्टेम्बरमा स्वतन्त्रता सम्वन्धी जनमत संग्रहसमेत भएको थियो । जनमत संग्रहमा ३० लाख मत आएको भन्दै बर्जानीले यस इतिहासलाई मेटाउन नसकिने बताए । अनलाइनखबर

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV