१२ कार्तिक २०७४, आईतवार

अंगराज न्यौपाने

काठमाडौं । सडक क्षमता भन्दा बढी सवारी साधनहरु गुडिरहेको काठमाडौं उपत्यकामा ट्राफिक जाम कुनै नोलो विषय रहेन अब । तर त्यसमाथि अर्को समस्या पनि सवारी साधनसंगै जोडिएर अघि आएको छ । काठमाडौंको अधिकांश स्थानमा अहिले सवारी पार्किङ समस्या चर्कदो छ । केही ठूला व्यवसायिक प्रतिष्ठानहरुले व्यवस्थित पार्किङ स्थल निर्माण गरेपनि अधिकांश स्थानमा सडकमा नै पार्किङ गर्नु पर्ने अवस्था हुँदा त्यस्ले पनि ट्राफिक जामलाई थप बल पुर्याएको छ ।

काठमाडौंको प्रमुख प्रशासनिक स्थल जिल्ला प्रशासन कार्यालय बवरमहलमा दैनिक सयौको संख्यामा सेवाग्राहीहरुको आवत जावत हुने गर्छ । दैनिक सयौको सख्ंयामा सेवाग्राही आवत जावत हुने जिप्रकामा नै पार्किङ स्थान नहुँदा सेवाग्राही भने मर्कामा परेका छन । दैनिक सयौको संख्यामा सेवाग्राहीहरु आवत जावत हुने जिल्ला प्रशासन कार्यलय काठमाडौँमा नै पार्किङको सुविधा नहुनु लज्जाको विषय बनेको छ ।

केही समय अघिसम्म जिप्रकाको अगाडि रहेको सरकारी स्वामित्वको खाली जग्गालाई पार्किङ स्थलको रुपमा प्रयोग गर्दै आएको भएपनि हाल उक्त स्थानमा सरकारी भवन निर्माण थालेकाले पार्किङको समस्या जटिल बनेको छ । तर चाडैनै काठमाडौं महानगरपालिकासंगको सहकार्यमा पार्किङ स्थलको व्यवस्था गर्ने जिल्ला प्रशासन कार्यालयको भनाई छ ।

जिप्रका मात्र नभई काठमाडां का धेरै जस्तो कार्यलयमा व्यवस्थित पार्किङको व्यवस्था नै छैन । पार्किङ स्थलको अभावमा सडकमा नै सवारी साधन पार्किङ गर्नु पने अवस्था छ । यसरी जथाभावी रुपमा सवारी साधनको पार्किङ गर्दा महानगरले सवारी साधान उठाएर लाने समस्या एकातिर छ भने ट्राफिकले जरिवाना गर्ने अर्को समस्या पनि छ ।

सवारी साधनको जथाभावी पार्किङले सवारी व्यवस्थापनमा पनि समस्या पैदा गरेको छ । सरकारी कार्यलमा नै सवारी साधन पार्किङ स्थल नहुदा सेवाग्रही त मर्कामा परेका छन नै नियम पालना गराउने संस्थामा नै व्यवस्थित पार्किङ स्थल नहँुदा नियम पालनाको प्रश्न पनि सरकारी कार्यलय तर्फ नै तेर्सिएको छ । व्यवस्थित पार्किङ स्थलको निर्माणका लागि सरोकारवाला निकाय र सम्बन्धित कार्यालयहरुको ध्यान जान अति जरुरी भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV